OnlinePana

आज : २०८३ जेठ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ३०, २०८१सुर्खेत
४९९ पटक

 ३० मंसिर २०८१, आईतबार

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा विष्णुप्रसाद शर्मा (दैलेख) विजयी हुनुभएको छ । अध्यक्षमा विजयी शर्माले दुई सय ९७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी गणेशकञ्चन भारीले दुई सय ८८ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, उपाध्यक्षमा लक्ष्मण केसी (रुकुमपश्चिम)ले तीन सय १८ र महिला उपाध्यक्षमा अप्सरा विष्ट (सुर्खेत)ले तीन सय २८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नारायण खड्का (सुर्खेत)ले दुई सय ३७ र सरिता चलाउने (सल्यान)ले दुई सय ४६ मत प्राप्त गर्नुभएको छ ।

महासचिवमा खगेन्द्रप्रसाद भट्टराई (कालीकोट)ले दुई सय ८५ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी दिपक बुढा (सुर्खेत)ले दुई सय ७३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सचिवमा बिस्नप्रसाद न्यौपाने (कालीकोट)ले तीन सय २३ र उहाँका प्रतिस्पर्धी नन्दराम जैसी (जुम्ला)ले दुई सय २५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, समावेशी सचिवमा अशोक राजी (सुर्खेत)ले दुई सय ९७ ल्याउँदा उहाँका प्रतिस्पर्धी भीमबहादुर परियारले दुई २५ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा ईश्वरराज अधिकारी (सुर्खेत) तीन सय छ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी अशोककुमार सिंह (कालीकोट)ले दुई सय ५७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, खुला सदस्यहरुमा अशोक भण्डारीले तीन सय छ, कालीबहादुर थापाले दुई सय ९७, चाँदनी कठायतले तीन सय ४८, यशकुमार चपाईले तीन सय चार, बिष्णुप्रसाद देवकोटाले तीन सय चार, बिमल हमालले दुई सय ६२ र सुरेश पन्तले तीन सय चार मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै, समावेशीतर्फ दलित सदस्यमा मदन विकले तीन सय आठ, आदिवासी÷जनजाती सदस्यमा करिश्मा चौधरीले तीन सय १९ र शिवा डाँगी (घर्ती)ले तीन सय छ र अल्पसंख्यकतर्फ अकबर खानले दुई सय ८३ मत ल्याएर विजयी हुनुभएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्