OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १९, २०८१
१२९ पटक

१९ मंसिर २०८१, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विनासको चपेटाबाट बच्न विकासको मोडेल बदल्नुपर्ने बताउनुभएको छ ।

नगर विकास कोषद्वारा आज सुर्खेत वीरेन्द्रगनरमा आयोजित ‘भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुलाई भवनसंहिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’को उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभावी विकासको मोडल बदल्न नसकिए विपत्तिको चपेटामा परिने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले भईरहेको विकासको मोडल बदल्न आवश्यक छ । जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन चिन्ताको विषय हो ।”

सडक खोल्ने नाउमा अहिले भईरहेका यस्ता खालका गतिविध रोक्न प्राविधिकहरुको नै विशेष भूमिका हुने उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “प्राविधिकलाई पन्छाएर डोजर चढेर हिडनेहरुले सडक मूल्याङकन गरिरहेको म देख्छु । यसबाट हामी बच्न बचाउन सक्नुपर्छ ।”

विकासको आवश्यकता भन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाँउ बस्ती जोखिममा परेको उल्लेख गर्दै मुख्यमन्त्री कडेलले जनप्रतिनिधिले जहाँ भन्छन् त्यही जमिन भत्काउने कामलाई निरुत्साहन गर्न प्राविधिकलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो । यसललाई दीर्घकालीन र जोखिमरहित बनाउन यहाँहरुकै भूमिका रहन्छ ।”

सबै तहका सरकारसँग चाहिएजति रकम नभएपनि भइरहेको रकमको पनि उचित सदुपयोग नभएको बताउँदै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामीसँग चाहिएको जति पैसा त छैन तर भइरहेको बजेटबाट पनि प्राथमिकता र आवश्यकतामाथि धेरै ध्यान पुगेको देखिन्न ।”

कर्णाली प्रदेश विपदको उच्च जोखिममा रहेकोले यहाँ बन्ने संरचनाहरु अरु भन्दा जोखिमरहित बनाउनेतर्फ प्राविधिकहरुले ध्यान दिनुपर्छ । कार्यक्रममा विसं.२०८० कार्तिक १७ गते जाजरकोटको केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि जाजरकोट र रुकुमपश्चिमका ३० जना इन्जिनियरहरु सहभागी रहेको कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्