OnlinePana

आज : २०८१ चैत्र १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १८, २०८१
११७ पटक

१८ मंसिर २०८१ मंगलबार

सर्केगाड गाउँपालिका हुम्लाकाे उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पराजित गर्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मतदान गरेका थिए । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बुढाले एक हजार पाँच सय ९४, नेकपा (एमाले)की जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गर्नुभएकाे थियाे । खसेको मतमध्ये ७८ मत बदर भएका छन् ।

विसं २०७९ मा कांग्रेस र माओवादी केन्द्रले मिलेर निर्वाचन लडेकामा उक्त गठबन्धनबाट कांग्रेसका तर्फबाट अध्यक्ष पदका र माओवादीका तर्फबाट उपाध्यक्षमा पदका उम्मेदवार विजयी हुनुभएका थिए । मा‌ओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको गत भदौ ४ गते सवारी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो । आठ पदमा भएकाे उपनिर्वाचनमा माओवादीले नलगाड नगरपालिकाकाे उपप्रमुखमा देवका लामिछाने र सर्केगाडकाे उपाध्यक्षमा तिमल्सिना र डाेल्पा त्रिपुरासुन्दरी नगरपालिका ५ काे वडाध्यक्षमा नरबहादुर झाँक्रीलाई जिताएकाे छ ।

त्यस्तै नेपाली काँग्रेसले जाजरकाेट कुेस गाउँपालिका ७ मा खम्बहादुर सिंह रुकुमपश्चिम सानीभेरी ५ मा माेतिराम खत्री  नेकपा एमालेले दैलेख महाबु गाउँपालिकाकाे अध्यक्षमा ज‌ंगबहादुर शाही दुल्लु नगरपालिका १३ मा लालबहादुर शाहीलाई जिताउँदा कालीकाेट तिलागुफा नगरपालिका ४ मा नेमकिपाका खड्कराज शाही विजयी हुनुभएकाे छ ।

प्रतिकृया दिनुहोस्