OnlinePana

आज : २०८२ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १२, २०८१
३२९ पटक

जुम्ला, मंसिर १२ गते कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षरण घोषणा भईसकेपछि जिल्ला स्तरीय समितिले एक भब्य कार्यक्रम आयोजना गरि साक्षर जिल्ला घोषणा गरेको हो ।

जुम्लाको टुडिखेलमा आयोजना गरिएको साक्षर जिल्ला घोषणा कार्यक्रममा प्रदेससभा सांसद देवेन्द्र बहादुर शाहीले व्यानर उद्घाटन गर्दै जुम्ला साक्षर जिल्ला घोषणा गर्नुभयो भने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जिल्लाका आठैवटा स्थानीय तहले तयार पारि शिक्षा विकास तथा समन्वय एकाई पठाईएको एकिकृत तथ्यांक पढेर सुदाउदै साक्षर जिल्लाको घोषणा गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला संयोजक गौरीनन्द आचार्यका अनुसार राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखी ६० बर्ष उमेर समूहका ९५ प्रतिशत माथी साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने आधार बमोजिम जुम्ला जिल्लाको १५ देखी ६० उमेर समूहका ७२ हजार तिन सय १९ जनसंख्या मध्य ६९ हजार चार सय ७७ अर्थात ९६.०७ प्रतिशतले साक्षर भएको छ ।

उहाँका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा हिमा गाउँपालिकामा ९५.७२ प्रतिशत, चन्दननाथ नगरपालिकामा ९८.१९ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ९७.०० प्रतिशत, सिँजा गाउँपालिका ९५.५ प्रतिशत, पातारासी गाउँपालिका ९५.२४ प्रतिशत, तातोपानी गाउँपालिका ९५.७७ प्रतिशत, तिला गाउँपालिकालाई ९५.४ प्रतिशत र गुठिचौर गाउँपालिका ९५.७३ प्रतिशत नागरिक साक्षर भएका छन् । स्थानीय तहले यस अघि घोषणा गसिकेपछि जिल्ला घोषणाका लागि मापपदण्ड अनुसार साक्षर जिल्ला आवश्यक भएकाले २०८१ मंसिर ९ गते वसेको साक्षर अभियान जिल्ला समन्वय समितिले ११ गते घोषणा गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्