OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ७, २०८१जुम्ला,
१२५ पटक

 

मंसिर ७ गते । कर्णाली प्रदेस रकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आगामी विकासको योजना निर्माणका लागि जिल्ला यात्रामा रहेको बताउनुभयो ।

उहाँले जुम्लामा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा आगामी विकास योजना निर्माणका लागि आफु अहिले कर्णालीका सुर्खेत वाहिरका जिल्लामा भ्रमणमा रहेको बताउनु भयो ।

उहाँले कर्णाली सम्भावनाको क्षेत्र भएकाले अव आगामी योजना निर्माण गर्दा के राम्रो होला भन्ने बिषयमा सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो । उहाँले साविक कर्णालीको कालिकोट, मुगु, जुम्लामा भ्रमणमा रहेको बताउदै भईरहेका कामहरु अवलोकन गर्ने सुझाव संकलन गर्ने बताउनुभयो । पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले यहाँका जनप्रतिनिधि, कर्मचारी र पत्रकार सँग भेटघाट गरेर सूझाव लिईरहेको र उहाँहरु सँग संघ, प्रदेश र स्थानीय तहको विकास निर्माणको सन्दर्भमा छलफल गर्दै आईरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली समग्र विकाका लागि राजनैतिकदलले समेत एकजुट भएर लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नु,भयो जुम्ला त अझ सम्भावनाको जिल्ला हो यहाँको स्याउको सम्भावना बिषयमा कृषक सँग पनि छलफल कार्यक्रम राखिएको छ ।

पत्रकार भेटघाटमा पत्रकारहरुले बजेटमा साविक कर्णालीमा बजेट कम, जिल्लाको माग अनुसारको नभई प्रदेशले योजना पठाउने, कर्णालीमा लगानी सम्मेलन किन भएन ? आम्दानी बृद्धिमा कहिले सोच्ने ? टुक्रे योजना किन निरन्तरता छ लगायत प्रश्न गरेका थिए ।

पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीमा आम सञ्चार विधेयक चाडै टुङ्ग्याएर कानून बनाउन अनुरोध गर्नुभयो । उहाँले कर्णालीका पत्रकारलाई क्षमता अभिबृद्धि तालिम लोकल्याणकारी विज्ञापन वितरण आर्थिक मसान्तमा मात्रै नभई शुरुवात गर्न बताउनुभयो । उहाँले २०७९ सालको बाढि पहिरोको विपतमा क्षेति भएका जुम्लाका घरको पुर्ननिर्माणमा सहयोग गर्न सुझाव दिनुभयो ।

पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै साविक कर्णालीमा पत्रकारको सूझाव तथा प्रश्नले समेत आगामी विकास योजना बनाउन सहयोग गर्नुभयो । उहाँका अनुसार कर्णाली सरकारमा आफु मात्रै नभई संरचना भएकाले केही का मगर्न नसकिने वाध्यता रहेको जानकारी दिनुभयो । उहाँले योजना किनवेच गर्ने नभई कसैले पनि काम गर्ने क्रममा अतिरिक्त शुल्क तिर्न नपर्ने बताउनुभयो । उहाँले आफ्नो सरकारले हिजो प्रतिपक्षले ल्याएका योजना समेत नवदलेको बताउनुभयो ।

क्याप्सन  : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पत्रकार भेटघाटमा तस्बिर गोल्डेन बुढा 

प्रतिकृया दिनुहोस्