OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ४, २०८१सुर्खेत
९४ पटक

४ मंसिर २०८१, मंगलबार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाशशरण महतले विशिष्ट परिवेशमा नेपाली काँग्रेस र एमालेबीचको संयुक्त सरकार बनेको हो ।

प्रेस युनियन सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले माओवादी पार्टीको विचलनका कारण विशिष्ट परिस्थिति सिर्जना भएर दुई शक्तिको समीकरणमा सरकार बनेको बताउनुभयो । उपनिर्वाचनमा कही कतै समीकरण भएपनि आगामी निर्वाचनमा अहिले गठनबन्धन गरिरहेका पार्टीहरु एक्ला एक्ले प्रतिस्पर्धामा जाने उहाँले प्रष्ट्याउनुभयो ।

नेपाली काँग्रेसको एक सय दिनको अभियान र उपनिर्वाचनको प्रचारप्रसारको क्रममा कर्णाली पुगेका पूर्व अर्थमन्त्री महतले आफूले अर्थ मन्त्रालय सम्हाल्दाका समयमा कर्णाली राजमार्गलगायत अपर कर्णालीका लागि ठूलो बजेट विनियोजन गरेको बताउनुभयो । यद्यपि बजेट विनियोजन गरेपश्चात् सरकारबाट बाहिरिनु परेकोले कार्यान्वयन प्रक्रियामा ढिलाई भएको भए भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउने उहाँको भनाई थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मात्र नभएर पार्टी उपसभापति धनराज गुरुङको पनि आवश्यक छानबीन तथा अनुसन्धान भईरहेको जनाउँदै प्रवक्ता महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलुकको हितको लागि हुने बताउनुभयो । मुलुकमा ऋणको भार बढ्दै गएकोले बीआरआई अन्तरगत ऋण नभई अनुदानको समझदारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बागलुङ हुँदै रुकुम, जाजरकोट, दैलेखलगायतका जिल्लामा घुम्ने क्रममा उपनिर्वाचनमा निकै उत्साह देखिएको प्रवक्ता महतको भनाई थियो ।
शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्