OnlinePana

आज : २०८१ पौष १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, मंसिर ४, २०८१जुम्ला,
१२६ पटक

मंसिर ५ गते । जुम्लाको तिला गाउँपालिका साक्षर घोषणा गरिएको छ । गाउँपालिकाले एक कार्यक्रमका विच मंगलवार साक्षरता घोषणा गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य एक कार्यक्रमका बीच साक्षरता घोषणा गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया, गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा, गाउँपालिका प्रथम अध्यक्ष रतननाथ योगीको उपस्थितिमा पालिकालाई एक कार्यक्रमका विच साक्षरता घोषणा गरिएको हो । तिला गाउँपालिकाले सवै वडामा गरिएको सर्भे र कार्यक्रमको आधारमा ९५.४ प्रतिशत व्यक्ति साक्षरता भएको जानकारी दिएको छ ।

तिला गाउँपालिका शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसार जम्मा १४ हजार पाँच सय ३९ जनसंख्यामा १५ देखी ६० बर्ष उमेर समूहका आठ सय ६७ जना निरक्षर भएकोमा ८२७ जना साक्षरताका कार्यक्रमबाट साक्षर भएका जानकारी दिनुभयो । गाउँपालिका साक्षरता घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले नेपाल सरकारको मापदण्ड अनुसार तिला गाउँपालिकाले समेत गाउँपालिका साक्षरघोषणा गरेकोमा धन्यवाद दिनुभयो । उहाँले अभियानमा खटिने जनप्रतिनिधि देखी कर्मचारी सवैलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले भौगोलिक विकटता भएको तिलामा साक्षरता अभियान घोषणाका लागि खटिने गाउँपालिकाको टिम, कार्यक्रममा सघाउ पुरयाउने, सहभागि तथा अतिथि सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उपाध्यक्ष गोरीकला बुढाले सरकारको मापदण्ड अनुसार गाउँपालिका घोषणा गरिएको बताउदै साक्षरता दर बढाउन स्थानीय सरकार लागि पर्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्लले साक्षरता अभियान घोषणा पछि तिला वासीहरु साक्षरपालिका भित्र पर्ने भन्दै बधाई ज्ञापन गर्नुभयो । उहाँले कर्णालीका ५ जिल्लामा मुगु जिल्ला साक्षरता घोषणा भईसकेकाले जुम्ला पनि घोषणाको तयारी रहेको बताउनुभयो । तिल्ला साक्षरता घोषणा कार्यक्रमका राजनैतिकदल र सरोकारवाला निकायले शुभकामना मन्तब्य दिएका थिए । जुम्लामा तिला गाउँपालिका, हिमा गाउँपालिका, सिँजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका, चन्दननाथ नगरपालिका साक्षरता घोषणा भईसकेका छन् । यसैगरी जिल्लाको गुठिचौर गाउँपालिका मंसिर ६ गते घोषणा गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस्