OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ३, २०८१
२८५ पटक

३ मंंसिर २०८१ सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षक कर्मचारीहरु आन्दोलित भएका छन् । प्रतिष्ठानका पदाधिकारीहरुले शिक्षक कर्मचारीहरुको वृत्ति विकासका लागि गरेको सहमति कार्यान्वयनमा नल्याएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

यही कार्तिक २७ गते प्रतिष्ठानका पदाधिकारी र शिक्षक तथा कर्मचारीबीच बसेर गरेको वार्ता अनुसार भएको सहमति कार्यान्वयनमा प्रतिष्ठानका पदाधिकारीहरुले वेवास्ता गरेको भन्दै उनीहरु आजबाट आन्दोलित भएका हुन् । प्रतिष्ठान जुम्लाका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीका अनुसार कार्तिक २८ गते प्रतिष्ठान सभाको बैठकले ५८ जना शिक्षक कर्मचारीहरुको बढुवा गर्ने सहमति दिएको थियो ।

पदाधिकारीहरुले शिक्षक कर्मचारीको बढुवा र नियमानुसार तलब भत्ता दिने सभाबाट अनुमोदन भइसकेको विषयलाई पदाधिकारीहरुले आलटाल गरेपछि आन्दोलनमा पुनः आन्दोलनमा उत्रिन बाध्य भएको अधिकृत शाहीले बताउनुभयो । उहाँका अनुसार आज ३ गतेदेखि प्रतिष्ठानका ओपिडी र आकस्मिक सेवाबाहेक अन्य सबै सेवा अनिश्चितकालीन समयसम्म बन्द गरिने भएको छ ।

आज जारी विज्ञप्तिमार्फत यदि त्यसको सुनुवाई नभए प्रतिष्ठानको आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिइएको छ । प्रतिष्ठानका दश कर्मचारीहरुले उच्च अदालत सुर्खेत जुम्ला इजालसमा दायर गरेको स्तरवृद्धिको मुद्दामा कर्मचारीको पक्षमा फैसला भई उक्त फैसला कार्यान्वयन गर्न पदाधिकारीहरुले आनाकानी गर्नु नियतवशको खेल भएको आन्दोलनरत कर्मचारीहरुले आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्