OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ३, २०८१सुर्खेत
६१ पटक

३ मंसिर २०८१, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बन्ने सुन्दर भवन (संरचना) नभई सुन्दर सेवा दिन सकिएमात्र जनताको अवस्था बदलिने बताउनुभएको छ ।

कालीकोट सदरमुकाम मान्मस्थित आज जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सेवाको अनुभूति हुनेगरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो । “भवन (संरचना) सुन्दर बनाएर जनताको जीवनशैली बदलिँदैन,” उहाँले भन्नुभयो, “त्यसका लागि सेवा प्रभावकारी दिनुपर्दछ । मुलुकको विकास र समृद्धिका लागि सबै कर्तव्यनिष्ठ पनि हुनुपर्दछ ।”

सबैलाई सबै चीजको विकास गर्नुपर्ने अवस्था भएपनि प्रदेश सरकारले आफ्नो क्षमता अनुसार मात्र काम गर्न सक्ने उहाँको भनाई थियो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि राज्यका सबै तहमा सबै क्षेत्रको सहभागिता रहेको बताउनुभएका मुख्यमन्त्री कँडेलले भन्नुभयो, “नागरिकदेखि नेतृत्वको जिम्मेवारपूर्ण भूमिकाबाट मात्र हाम्रो समृद्धि संभव छ ।”

कर्णाली राजमार्गमै पर्ने उक्त जिल्ला अस्पतालले कठिन भूगोलका कारण सडक दुर्घटनाबाट हुने क्षति न्यूनिकरण र मानव स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको गच्छे अनुसार प्रदेश अस्पतालको उन्नयनमा सहयोग गर्ने बताउनुभयो । उहाँले सेवालाई अनुसन्धानका रुपमा बुझ्न चिकित्सक स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सीमित जनशक्तिले ठूलो जनसंख्यालाई सेवा दिनुपर्ने भएपनि त्यसलाई गुणस्तर बनाउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । मानव स्वास्थ्यलाई ध्यानमा राखेर राजमार्ग नजिक रहेको अस्पताललाई जनशक्ति र साधन स्रोतका हिसाबले बलियो बनाउन प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्