OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १, २०८१सुर्खेत
६३ पटक

१ मंसिर २०८१, शनिबार

कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा.केशर ढकाल नियुक्त गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा बसेको बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रुपमा कार्यरत ढकाललाई निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उहाँ एघारौं तहको डाक्टर हुनुहुन्छ ।

सामाजिक विकास मन्त्रालयले भने निर्देशकका लागि उक्त अस्पतालमै कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । निर्देशकमा नियुक्त डा. ढकाल हाल नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजक हुनुहुन्छ ।

बैठकले प्रदेश सचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय, ईश्वरचन्द्र मरट्ठालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको कामकाजमा खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकबाट सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१, विपद् सहासिक पुरस्कार वितरण कार्यविधि २०८१, घाइते, अपांगता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१, र कर्णाली प्रदेश विज्ञापन वितरण सम्बन्धी कार्यविधि २०८१, स्वीकृत गरिएको छ ।

प्रतिकृया दिनुहोस्