OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही , मंसिर १, २०८१जुम्ला,
३५५ पटक

जुम्ला, मंशिर १ गते , जुम्लाको तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँमा एक जना पनि एसईइ पास पास नभएको भेटिएको छ ।
तातोपानी वडा नम्बर २ स्थित गोप्थाडा गाउँमा २५ घरधुरी छन् । हाल सम्म पनि एसइई पास नभएका स्थानीयले बताएका छन् । स्थानीय शेरबहादुर डाँगीका अनुसार अहिले सम्म विभिन्न प्रयास भएपनि एसइर्ई कसैले पनि गर्न नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा कक्षा ३ सम्म अध्ययन गर्ने विद्यालय छ, त्यस पछि हाईस्कुल अध्ययन गर्न विद्यार्थीहरु तातोपानीको हिम शिखर मावि वा अन्य विद्यायलमा अध्ययन गर्न जान्छन बिडम्बना एसईइ, दिदै, ८,९ पढेर छोड्ने क्रम भएपछि अहिले सम्म एक जनापनि व्यक्ति एसईइ पास हुन सकेका छैनन् ।

गाउबाट एसईई गरेका मानिस नभएपछि गाउँको विद्यालयमा अध्यापन गराउने शिक्षक पनि अन्य गाउँका छन् । सो गाउँमा स्थापना भएको कक्षा ३ सम्म संचालन भईरहेको पैकेला आधारभुत विद्यालयका प्रधानाध्यापक बलबहादुर रावलले गाउँबाट अहिले पनि कोहीपनि एसइई नगरेको तर पछिल्लो समय २ जना विवाह गरेर अन्य गाउँबाट आएका वुहारी एसईइ गरेर आएका जानकारी दिनुभयो ।

गोप्थाडागाउँको विद्यालयको प्रधानाध्यापक एक जना तातोपानी ३ लाक्षु गाउँका बलबहादुर रावत हुनुहुन्छ, अर्का शिक्षक कमल रावत अनुदान शिक्षक, यसैगरी लिताकोटका निजीमा मुनबहादुर सार्की र ईसिडि कक्षामा तातोपानी भगवति रावल हुनुहुन्छ । अहिले सम्म एसईइ नहुदा स्कुलमै पनि रोजगार नपाएको डाँगीले बताउनुभयो ।

गोप्थाडा गाउँबाट यो बर्ष भने ९ कक्षामा अध्ययन गर्ने २ जना विद्यार्थी रहेका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार सो गाउँका एक विद्यार्थी महेश डाँगी तातोपानीको हिमशिखर माविमा र बिष्णुमाया डाँगी जुम्ला सदरमुकामको चन्दननाथ माध्यामिक विद्यालयमा अध्ययन गरिरहेका छन् । सो गाउँमा मुख्य बस्ति कठायत, रावल, र बुढा रहेका छन् ।

यता तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले त्यो गाउँमा गाउँपालिकाबाट एक अभिमुखिकरण कार्यक्रम राखेर त्यहाँको अवस्था, समस्या र सुधानुपर्ने बिषयमा जोड दिन सकिनेमा जोड दिनुभयो । उहाँले अभिभावक शिक्षा सहितका कार्यक्रम आवश्यक रहेको छ त्यसमा प्रथामिकता दिनुपर्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्लले यो अलिकति वेग्लै कुरा आएको बताउनुभयोे । २१ औ सताब्दीमा राज्यलाई समेत चुनौति हो । अव त्यो गाउँमा अध्ययन गर्न सोच्न वाध्य भएका छौ । अव कसरी अगाडि बढ्ने सवै मिलेर अगाडि बढ्न आवश्यक रहेको छ ।

तातोपानी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्द्रमान बुढाले गोप्थाबाडामा २५, २६ घरधुरी रहेको जानकारी दिनुभयो । उहाँले अहिले तातोपानीमा गाउँपालिकाले टयूश्न पढ्ने व्यबस्था गरिएको छ । उहाँले गोप्थाबाडा गाउँमा अहिले सम्म एसईइ नगरेको जानकारी दिनुभयो । त्यस गाउँका विद्यार्थीहरु पढ्दै छोड्ेर ईण्डिया समेत जाने गरेका छन् । अव वडापालिकाले यस गाउँका विद्याथीको अवस्था वुझेर अगाडि बढ्ने समेत बताउनुभयो । अहिलेको समयमा पनि एक जना एसइई उत्तिण नहुनु अच्चमको बिषय रहेको छ । जुम्ला साक्षर घोषणाको अन्तिम तयारीको अवस्थामा यस्ता समस्याहरुलाई सामाधानको खोजीमा स्थानीय सरकार र जिल्ला लाग्नु पर्ने देखिन्छ ।

क्याप्सन  :एक जना पनि एसईइ नगरेको जुम्लाको गोप्थाडा गाउँ तस्बिर नेत्र शाही ।

प्रतिकृया दिनुहोस्