कोरपाटी संवाददाताकार्तिक २७, २०८१जुम्ला,
१७३ पटक
कार्तिक २६ गते । नेकपा माओवादी केन्द्र, जुम्लाले कार्तिक २९ गते खबदारी सभा गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय सकुलर अनुसार जुम्लाले जेठ २९ गते जुम्लाका ६० वटा वडामा कमाण्डर खटाई खबरदारी गर्ने भएको हो ।
जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीका अनुसार सरकारका विभिन्न वेथिति, भ्रष्ट्रचार र पक्षपातका गतिविधि विरुद्धको खवरदारी सभा गर्ने भएको हो । वडा कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षण पनि गरिने र कमाण्डर, सहायक कमाण्डर खटाएर वडास्तरीय खवरदारीसभा समेत गरिने जानकारी दिनुभयो । सदरमुकाममा उपलब्ध नेताहरुको वैठकले सो सभागर्ने र अन्य सुशासन कायम गर्न खबरदारी गर्ने भन्दै विभिन्न नाराहरु समेत तयार पारेको छ ।