OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २५, २०८१कालीकाेट
५४५ पटक

२५ कार्तिक २०८१, आईतबार

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुने ६ जनाको भएको छ ।

पलाँता गाउँपालिका ३ राहुनेटा भन्ने स्थानमा भएको जीप दुर्घटनामा परी सोही गाउँपालिका ६ निवासी पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नं. ५ का छाया शाही र वडा नं.३ का दमन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् । घाईते हुनेहरुमा कालिकोट पलाता ६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया रहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । यस्तै पलाँता ३ बस्‍ने दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, वडा नं. ५ बस्‍ने दोली विक, आयुशा विक र ठेगाना नखुलेको चालक धनिराम रावत रहेको उहाँले जनाउनुभयो । ्

घाइते १३ जनालाई उद्दार गरी उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल कालगाउ सुर्खेत ल्याइएको छ । आज दिउँसो पलाँता गाउँपालिका ३ को राहुनेटा भन्‍ने ठाउँमा क.प्र ००१.ज.५६ नम्बरको जीप भिरबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्