OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २१, २०८१
१५४ पटक

कार्तिक १५ गते । राराको गेटवे अर्थात रारा जाने राजमार्ग नाग्म गमगडि राजमार्गबाट कालोपत्रे शुरु गर्न माग गर्ने निर्णय गरिएको छ ।
हिमा गाउँपालिका स्थानीय सरकार र राजनैतिक दलको संयूक्त वैठकले नाग्मबाटै सिञ्जाको सड्क कालोपत्रे गर्नका लागि सरोकारवाला निकायको माग गर्ने निर्णय गरेको छ ।

राजनैतिक दल सहभागी निर्णय नं ३ मा नाग्म देखी गमगडि सम्मको सड्क खण्ड, सड्क स्तरउन्नति तथा कालोपत्रे गर्नका लागि जिरो पाईन्ट नाग्म बजार देखी निर्माण कार्य सूचारु गरि दिनका लागि सड्क डिभिजन कार्यालय, कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यसैगरी गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको अध्यक्षतामा बसेको हिमाका राजनैतिकदल सहितको वैठकले नाग्म गमगढि राजमार्गमा लामो समय देखी जग्गा विवादमा निर्माण हुन नसकेको वालुवा खोलाको पुलका लागि सम्वन्धित सरोकारवाला निकाय सँग आवश्यक समन्वय गरि सहजिकरण गर्ने निर्णय गरेको छ ।

यसैगरी हिमा गाउँपालिकामा रहेका उद्योग, दोकान, पसल, कृषि फम, कलकारखाना अनुगमन गर्ने, समाजको कुरुति छुवाछुतप्रथा, वालविवाह, वहुविवाह, महिलाहिंसा, जुवातास, लागुऔषधलाई निर्मुल पार्न साझेदारी र एकता गर्ने निर्णय भएको गरिएको छ । वैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कांग्रेस सहितका राजनैतिकदलहको समेत उपस्थिति भएको छ ।

प्रतिकृया दिनुहोस्