OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जुम्ला प्रहरीको पत्रकार भेटघाट : पछिल्ला घटना सार्वजनिक

जिल्ला समन्वय प्रमुखको स्टाटस सत्यहिन : प्रहरी

कोरपाटी संवाददाताकार्तिक २०, २०८१जुम्ला,
२९० पटक

कार्तिक २० गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले पछिल्लो समयका घटनाका बिषयमा
प्रहरीले विभिन्न घटनाका बिषयमा पत्रकार भेटघाट गरि जानकारी गरेको हो । प्रहरीले मोटरसाईकलको ईन्जिन र च्यासिस फेरदल गरेको मोटरसाईकल प्रहरीको नियन्त्रण तथा अनुसन्धान, मोवाईल बरामत, लागु औषध सहित तत्कालिन घटनाका बिषयमा पत्रकार भेटघाट गरेर जानकारी सहित तत्कालिन घटनाका बिषयमा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिका अनुसार मोटर साईकलको ईन्जिन र च्यासिस नम्बर समेत समेत फेरवदल भएको आशंकामा अनुसन्धान शुरु गरिएको छ । उहाँका अनुसार चन्दननाथ नगरपालिका वडा नम्बर ६ का सुरेन्द्र महतले चलाएको मोटरसाईकलको ईन्जिन नम्बर JLYCJE50804 र च्यासिस नंम्बर MD2A36FY3JCE55210# भएको मोटरसाईकल शंका लागी सवारी दर्ता किताब माग गर्दा निजको साथमा सवारी दर्ता किताब नभएको र ईन्जिन नं. र च्यासिस नंम्बर समेत फेरबदल गरेको जस्तो देखिन आई उक्त मोटरसाईकल चोरीको हुन सक्ने र निजबाट झिकाएको सवारी दर्ता किताब (ब्लु बुक), सवारी दर्ता नं.क.प्र.००२ प ५४४५ नंम्बर उत्ल्लेख गरेको सवारी धनिको नाम असीम अटो पार्टस बिरेन्द्रनगर सुर्खेत उल्लेख भएको सवारी दर्ता प्रमाण पत्र शंकास्पद देखिएकोले लिखत सम्बन्धी कसुरमा तत्काल मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

यसैगरी चन्दननाथ नगरपालिका वडा नं.०२ खोलिकोट स्थित असाडी बुढाको घरमा एकजना शंकास्पद मानिसलाई नियन्त्रणमा लिई स्थानीयहरुले समाती राखेको भन्ने सुचना अनुसार जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नं. ०४ हाडसिंजा घरभई हाल चन्दननाथ नगरपालिका वडा नं.०२ खोलिकोट स्थित डेरा कोठा गरी बस्ने वर्ष २४ को लोकेश मल्ललाई खानतलासी गर्दा SYMPHONY कम्पनिको IMEI, 1 356814249105465, IMEI,2 356814249105473 नंम्बर भएको सिम सहितको स्क्रिन टच मोवाईल बरामद गरिएको छ । यसका साथै निजको बिरुद्धमा जाहेरवाला असाडी बुढाले नगत रकम जम्मा एक लाख पैतिस हजार समेत चोरीको जाहेरी प्राप्त भई निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसैगरी हिमा गाउँपालिका वडा नं. ०७ जुगाड स्थित सार्वजनिक सडक खण्डमा कालिकोट नाग्म बजार देखि हिमा गाउँपालिका जुम्ला तर्फ आउदै गरेको जिल्ला कालिकोट खाडाचक्र नगरपालिका वडा नं. ०६ दाँहा गाउँ बस्ने बर्ष अं. २१ को भरत शाहीले चलाई ल्याएको बा ६६ प ५४३१ नंम्बरको मोटरसाईकलमा सवार व्यक्तिहरुलाई प्रहरी टोलीले चेकिङ गर्ने क्रममा चालक भरत शाहीले ज्याकेट (हुड्डी) को गोजिमा लुकाई छिपाई राखेको लागु औषध (चरेश) जस्तो देखिने कालो ठोस पदार्थ ठुला– सानागरी १३ (तेह) वटा टुक्रा शुद्द तौल २४.८७ (चौविस दशमलव आठ सात) ग्राम र सोही मोटरसाईकल पछाडी सवारी बस्ने बर्ष २१ को भगवान शाहीले पाईन्टको गोजीमा १ (एक) टुक्रा लागु औषध (चरेश) जस्तो कालो ठोस पदार्थ शुद्द तौल २.१२ ग्राम फेला परेको हुँदा दुवै जनाबाट बरामद गरेको लागु औषध (चरेश) जस्तो देखिने कालो ठोस पदार्थलाई निजहरुको सामुन्ने डिजिटल तराजुबाट तौल गर्दा शुद्द तौल २६.९९ (छब्बिस दशमलब नौ नौ) ग्राम र निजहरुले चढि आएको बा.६६ प.५४३१ नंम्बरको एन.एस. पल्सर कम्पनिको मोटरसाईकल बरामद गरी निजहरुलाई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी गरेको छ ।

यसैगरी जुम्ला चन्दननाथ न.पा. ५ बस्ने बर्ष अं. २४ की मायादेवी खत्रि (गिरी) लाई निजकै घर वतनबाट यस कार्यालयबाट खटि गएका प्रहरी टोलीले शंका लागी खानतसाली गर्दा निजको घरको आफुबस्ने कोठाबाट लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थाले ३ पुरिया फेला पारी उक्त लागु औषध (ब्राउन सुगर) मान्यता प्राप्त तराजुले निजकै सामुन्ने तौल गर्दा शुद्ध तौल ७० मि.ग्रा. रहेको र निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भई रहेको छ ।

जिल्ला समन्वय प्रमुखको स्टाटस सत्यहिन : प्रहरी

पत्रकार भेटघाटमा पछिल्लो समयमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले प्रहरीलाई लक्षित गरि सामाजिक सञ्जालमा गर्नु भएको पोष्टको बिषयमा उत्तर प्र्रश्न गरेका थिए । प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले जिल्ला समन्वय समितिले लगाएको आरोप सत्य नभएको बताउनु भएको छ । उहाँले प्रहरीले कुनै पनि घुस खाने वा गल्ति गरेको सूचना दिन अपिल गर्दै भेटिएको खण्डमा कारवाही गरिने बताउनुभयो । उहाँले कालेखोलीमा सुरक्षामा खटिएका प्रहरीमाथी उल्टै आक्रमण भएको प्रतिक्रिया दिनुभयो ।

प्रहरी नायव उपरीक्षक कामतिले गत कार्तिक १७ गते जुम्लाको चन्दननाथ नागरपालिका वडा नम्बर ५ स्थित कालेखोलीमाप्रहरी हवलदार मानवहादुर विकले   चढेको मोटरसाईकल र निजमाथी माथी आक्रमण गरिएको भन्दै चन्दननाथ नगरपालिका १ निवासी ठाकुर खत्रीलाई पक्राउ गरिएको थियो । सो विषयमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले होटल कान्जिरोवामा बसेका १६ जना तस्करलाई १५ लाख नगद लिई रातारात भगाएको भन्ने बजारको छताछुल्ल आरोपको जबाफ दिन नसक्ने प्रहरी, चन्दननाथका केहिबर्ष पहिले चोरि भएका मुर्ति खोजिगर्न नसक्ने प्रहरी, लागु औषधका ठुला ब्यापारी समात्न नसक्ने प्रहरी, जुवाताछबाट कमिसन उठाएर भुडी भर्ने प्रहरी, चाडपर्वमा मधिरा सेबन गरेको सामान्य नागरिक लाई यमराज भन्दा कठोर बनेर तिहारको टिका समेत लगाउन नदिएर ठुलो बहादुरी र सफलता ठान्ने निकम्मा प्रहरीको हिसाबकिताब गर्न बाध्य हुनुपरेको छ भनेर सामाजिक संजालमा लेख्नु भएको थियो । यता आफन्तले नियन्त्रणमा लिई प्रहरीले पछाडि समेत कुटपिट गरेको र भेटन नदिएको गुनासो समेत पोखेको थियो । प्रहरीका अनुसार सो घटनामा खत्रीलाई हाजिरी जमानतमा छोडेर अनुसन्धान भईरहेको छ ।

प्रतिकृया दिनुहोस्