OnlinePana

आज : २०८१ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १४, २०८१सुर्खेत
१० पटक

१४ कार्तिक २०८१, बुधबार

मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’को क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको बताइएको छ ।

कर्णाली प्रदेश सरकारले आज सुर्खेत वीरेन्द्रनगरमा गरेको स्वागत कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले यात्राको १७औं दिनसम्म एक सय नौ पुरुष, ३२ महिला र ३ बालबालिका सडकबाट उद्धार गरिएको बताउनुभयो । विसं.२०८२ सम्म नेपाललाई सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएर उद्धार यात्रा थालिएको बताउँदै उहाँले कोही कसैलाई सडक मानव र बेसाहारा हुन नदिने राष्ट्रिय संकल्पको आधार तयार गर्न यो पटक पनि यात्रा जारी राखिएको जनाउनुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “यो चौथो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा हो । अघिल्लो वर्ष तीन सय चार जना सहयोगापेक्षी सडक मानवको उद्धार भएको थियो ।” पूर्व–पश्चिममा सहयोगापेक्ष सडक मानवको अवस्था सडक मानवमुक्त प्रदेशका रुपमा घोषित कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माणका लागि रु.एक करोड बजेट विनियोजन गरेकोप्रति उहाँले प्रदेश सरकारलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानवता प्रवद्र्धनका लागि थालिएको पूण्य काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । “दिन लगाएर गर्ने काम भन्दा मन लगाएर गरिएका काम सफल हुन्छ,” उहाँले भन्नुभयो, “हामी ठीक हुँदा देश नै ठीक हुन्छ । आफूभित्रको मानवता प्रकट गरेर समाजमा उदाहरणीय काम गरौं । ऊँ कैलाश, कर्णाली र कर्मप्रति संकल्पित हौं ।”

राष्ट्रिय गायिक आनी छोइङ डोल्माले करुणा शक्तिबाट मात्र सेवा भाव प्रकट हुने बताउनुभयो । मानव सेवा आश्रमले थालेको काममा कर्णाली प्रदेश सरकारले महत्वपूर्ण सहयोग गरेको भन्दै तिहारको बेलामा पनि मानव सेवामा समर्पित आश्रमका साधक साधकीहरुको उच्च प्रशंसा गर्दै सेवा भावबाट गरिएका कामले मात्र पूण्य कमाउन सकिने जिकिर गर्नुभयो ।

अध्यक्ष अधिकारीका अनुसार यात्राको सम्पूर्ण खर्च आनी छोईङ डोल्मा फाउण्डेसनले व्यहोरेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका निमित्त सचिव आनन्द सारु, आन्तरिक मामिला सचिव पुष्पराज शाही, सामाजिक विकास सचिव दीर्घबहादुर पोखरेलसहितको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्