OnlinePana

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,सिञ्जा,कार्तिक ५, २०८१ जुम्ला,
९१ पटक

नेत्र शाही ,सिञ्जा, जुम्ला,

कार्तिक ५ गते, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिञ्जा सभ्यता संरक्षणको काम प्रथामिकतामा पर्दै आएको बताउनु भयो । उहाँले सिञ्जा सभ्यता संरक्षण र विकासका लागि आफ्नो कार्यकालमा सिञ्जा विधेयक अगाडि बढाईएको बताउदै अगाडि बढ्ने आशा रहेकोमा जोड दिनुभयो । उहाँले नाग्म सिञ्जा गमगडि नाक्चे लाग्ने बाटोका लागि प्रथामिकता दिदै आएको र अझ पहल गर्ने प्रतिवद्दता जनाउनु भयो ।

उहाँले आगामी निर्वाचनमा ०६४ कै जनमतमा फर्किने बताएका दावी समेत गर्नु भएको छ । प्रचण्डका अनुुसार त्यसैका लागि अहिले माओवादी केन्द्र जनताका समस्या सुन्ने र संगठन बलियो बनाउने तिरै केन्द्रित रहेको भनाइ छ । सोमबार जुम्लाको कनकासुन्दरी गाउँपालिका ६ स्थित गोरूचौरमा आयोजित जनसभालाई संबोधन गर्दै उहाँले भन्नुभयो, अहिले हामी जनताको माझमा छौं ।

उहाँले सरकारलाई हनिमुन प्रियड सम्म बिरोध गरेनौं र गर्दैनौ पनि,झ जनताका समस्या सडक र सदनबाटै घनिभुत रूपमा उठाइरहन्छौं । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पहिलो र दोस्रो शक्तिलाई प्रतिपक्षमा बस्न बाध्य पार्नु संघीयता विपरित कार्य भएको समेत उल्लेख गर्नुभयो । प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरूद्व, सुशासनको पक्षमा काम गर्दै आर्थिक समृद्धिको पक्षमा अन्तर्राष्ट्रिय रूपमा नेपालको इज्जत प्रतिष्ठा बढाएको दावी गर्नुभयो ।

उहाँ नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम कार्वाही गर्न थालेपछि, अभियुक्तहरू पक्राउ पर्न थालेपछि बालकोट र बुढानिलकण्ठ तर्सिएको आरोप लगाउनु भयो । प्रचण्डले वर्तमान केपी शर्मा ओेली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको र भ्रष्टाचार गर्नेलाई प्रोत्साहित गरेको बताउदै वहालवाला प्रधानमन्त्रीले आरोपीबाट दान माग्नु भ्रष्टचारको उहाहरण हो ।
उहाँले कनकासुन्दरीमा विभिन्न पार्टी परित्याग गरेर झण्डै पाँच सय बढिले माओवादी केन्द्रमा प्रवेश गर्ने केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले जानकारी दिनुभयो । जनसभामा ईन्चार्ज भण्डारीले सिञ्जा विधेयक चाडै गर्न अगुवाई लिन अनुरोध गर्नुभयो । जनसभामा २०७९ सालको निर्वाचनमा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र लडेर जितेका वडाध्यक्ष धनबहादुर कामी, ३ जना वडासदस्य सहित दर्जनौ संख्यामा दलित समुदाय माओवादीमा प्रवेस गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालगन्ज देखि नेपाली सेनाको हेलिकोप्क्टरबाट जुम्लाको कनकासुन्दरी पुगेर फर्किनु भएको छ ।

तस्बिरः अमृत बुढाथोकी मगर 

 

प्रतिकृया दिनुहोस्