OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०७७ सुर्खेत
४९५ पटक

सुर्खेत, ८ जेठ २०७७, बिहीबार । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्धार बबई सीमा नाकामा बुधबार राति आईपुगेका कर्णालीवासी झण्डै दुई हजार नागरिकहरुमा ४५० को आरडिटी गरिएको छ ।

आरडिटी गरिएका ४५० मा भने पाँच जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । “आरडिटीको क्रममा पाँच जनाको शंकास्पद देखिएपछि हामीले उनीहरुलाई आरटी पिसिआर परीक्षणका लागि सुर्खेतमा ल्याएका छौं,” डा.तिवारीले भन्नुभयो, “पिसिआर रिपोर्ट पछि ती पाँच जनाको व्यवस्थापन गरिनेछ ।”

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले बबई नाकामा पुगेका कर्णालीवासी नागरिकहरुलाई सम्बन्धित जिल्लामा पठाईएको बताउनुभयो । सूचना अधिकारी रायमाझीले भारतबाट बबई पुगको ती नागरिकहरुलाई जुम्ला एक, जाजरकोट दुई, कालीकोट दुई, अछाम दुई, सल्यान ९, सुर्खेत ११ र दैलेखमा २४ गाडी गरेर पठाईएको जनाउनुभयो । उहाँका अनुसार सबै गरेर ४१ गाडीमा नागरिकहरुको उद्धारगरी सम्बन्धित जिल्लामा पठाईएको छ ।

पछिल्लो समयमा भारतमा नेपाल र विशेषगरी कर्णालीवासी नागरिकहरुको आउने क्रमम बढेको छ । हजारौंको संख्यामा कर्णालीवासी नागरिकहरु घर फर्कन थालेपछि प्रदेश सरकारलाई व्यवस्थापन गर्न चुनौति बनेको छ । सीमा नाकामा रहेको भेरीगंगा नगरपालिकाले स्क्रिनिङ सेन्टर स्थापनामा असहयोग गरेपछि बबईमा आईपुग्नेहरुको आरडिटी जाँच, खान बस्नलगायतका समस्याहरु बढ्दै गएका छन् ।

प्रतिकृया दिनुहोस्