OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन २४, २०८१जुम्ला,
१४१ पटक

असोज २४ गते । जुम्लाको सदरमुकाम राजसिममा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । चन्दननाथ नगरपालिकाको आयोजनामा परम्परागत रुपमा मनाउदै आएको घोडा दौड प्रतियोगिता सम्पन्न गरिएको हो ।

घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका २ निवासी तपेन्द्र रावलको घोडा प्रथम भएको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर १० लोकप्रसाद न्यौपानेको घोडा दृतीय र तृतीय पातारासी ७ का सर्जन बुढाको घोडा भएको छ । आयोजक चन्दननाथ नगरपालिका जुम्लाको आयोजना, पशु अस्पताल तथा पशुसेवा कार्यालयको सहआयोजना र सास्कृतिक तथा संरक्षण तथा प्रर्वधन समिति, घोडाचढी संघ जुम्लाको समन्वयमा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

यसैगरी घोडा पालक तर्फ प्रथम कालिबहादुर बुढ्थापाको घोडा, दृतीय रामकुमार थापा तृतीय कृष्ण बहादुर भण्डारीको घोडा भएको छ । यसैगरि घोडा चाल विधा तर्फ प्रथम हर्कबहादुर शाही, दृतीय भानु ऐडि र तृतीय प्रेमबहादुर ऐडिको घोडाले स्थान हाशिल गरेको छ ।

प्रतियोगितामा १२ वटा घोडाको प्रतिष्पर्धा भएको थियो । पहिलो चार राउण्डबाट छनौट परेका घोडाहरुको प्रतिष्पर्धा गरि प्रथम दृतिय, तृतीय र सान्तोना गरिएको थियो । परम्परागत रुपमा मर्नाइदै आएको घोडा दौड चन्दननाथमा यस अगाडि कर्णाली स्पोर्ट क्लवले गर्दै आएको थियो । यस पटक भने कर्णाली स्पोर्ट क्लवले गुठिचौर गाउँपालिका सँगको सहकार्यमा गुठिचौरमा घोडा दौड प्रतियोगिता गरेको छ । यहाँ चन्दननाथ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले घोडादौड प्रतियोगिता जुम्ला विमानस्थलमा पहिला हुदै आएको थियो । अहिले अव स्थानीय सरकारले यसलाई प्रर्वधन गर्न आवश्यक रहेको बताउनुभयो । चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले हाम्रो सस्कृति सँग जोडिएको घोडा दौड प्रतियोगिता अव निरन्तर गरिने बताउनुभयो । नगरउपप्रमुख रामदेवी खड्काले आगामी बर्षमा चन्दननाथमा घोडादौड प्रतियोगितामा थप व्यवस्थित गरिने बताउनुभयो । प्रतियोगितामा अतिथिहरुले घोडा चढेर उद्घाटन गरेका थिए ।

क्याप्सन :चन्दननाथ नगरपालिका राजासिममा घोडा दौड प्रतियोगिता तस्बिर नेत्र शाही :जुम्ला ।

प्रतिकृया दिनुहोस्