OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ ८, २०७७जुम्ला,
७१६ पटक

विश्वभर महामारीको रुपमा फैलिएकाले कोराना भाइरस रोकथाममा गरिएको लकडाउन उलंघन भएपछि स्थानीय प्रशासनले कडाई गर्न थालेको छ ।
बजारमा जथाभावी काम नभएका व्यक्तिहरु नहिड्ने भएपछि

प्रशासनले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा जुम्ला बजारमा प्रवेश निषेध गर्ने भनेपनि उलंघन भएपछि जोखिम बढेको छ ।
बाहिरबाट आउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भिडभाड बढेको भन्दै प्रशसानले बिहीबार बाट कडाइ गरेको हो । कोरोनाको जोखीम न्युनिकरण गर्नका लागी जुम्लामा अत्याआबश्यक बहेकका पसल खोलीएको र मानिसहरु आत्याबश्यक बस्तु किनमेल गर्ने बाहानामा बढी भिडभाड हुने गरेका कारण बिहीबार बाट थप कडाइ गर्ने भएको छ ।

लकडाउन पुर्ण कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा ब्यवस्था कडा गर्ने भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउनु नागरिकको दायित्व भए पनि नागरिकहरु मास्क बिना हिड्डुल गर्ने जस्ता कार्य गरेकोले बिहीबार देखी खाद्यन्न लगायतका अत्याआबश्यक बाहेकको पसल खोलीएको पाइएमा प्रशासनले काबार्ही गर्ने बताउनुभयो । उहाँले नागरिकलाई लकडाउनको पालना पूर्ण गर्न र कोरोनाबाट जोगिन अनुरोध गर्नुभयो । बजारमा जाथभावी हिड्नेलाई सचेत गर्नुका साथै केही मोटरसाईकल नियन्त्रणमा समेत लिएको छ । यस्तो अवस्थामा बाहिरबाट निकै ठूलो मिहिनेत गरेर क्वारेन्टाईनमा राखिएको छ । परीक्षण प्रक्रिया बढाईएको छ । तर जथाभावी बजारमा हिड्न राम्रो नभएको बताईएको छ ।

जुम्लामा दैनिक उपभोग्य बस्तु खरिदका लागी बजार खुल्ने समय विहान ७ देखी ९ बजे र दिउसो ४ देखी साँझ ६ बजे सम्म निर्धारण गरिएको छ । तर नागरिकले अटेरी गरी सबै पसल खुलेपछि जुम्ला बजारमा भिडभाड बढेको भन्दै,प्रशासनले जुम्ला बजारमा कढाइ गरेको छ ।प्रशासनले आम नागरिकलाइ आत्याअबश्यक बस्तु खरिदका लागी दुरीकायम गरी कोरोनाबाट आफु पनि जोगिन र अरुलाई पनि जोगाउन सहयोग गर्न आग्रह गरेको छ । बाहिरवाट जिल्लामा भित्रिएका व्यक्तिलाइ एकिकृत क्वारेन्टाइनमा सुरक्षाकको निगरानीमा राखीएको छ । हाल ४३ जना क्वारेन्टाईनमा राखिएका जिल्ला प्रशासन कार्यालयले जानकारी दिनुभयो ।

लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन दिएकाले बिहिबार देखी जुम्ला प्रशासनले सुरक्षा ब्यवस्था मजबुज परी कठाइ गरिने बताएको छ । अत्याबश्यक काम बाहेक बजारमा आइपुग्ने सवारी साधन र ,ब्यक्तिलाई प्रवेश गरेको पाइएमा सुरक्षा निकायले कडाई गर्ने भएको छ

प्रतिकृया दिनुहोस्