OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी जेठ ८, २०७७जुम्ला,
४५४ पटक

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ ।

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनको मृत्यु बिहीबार विहान भएको बताउनुभयो । निमावि स्कुलका प्रधानाध्यापक जेठ १ गते अस्पतालमा भर्ना हुनुभएको जानकारी गरिएको छ ।
उहाँको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।

कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
उहाँलाई मृत्यू नभएकै बुधवार भने मृत्यू भएको भन्ने एक दिन अगाबैको खबरले सनसनी भएको थियो । अस्पतालले पछि मृत्यू नभएको विज्ञेप्ति मार्फत पुष्टि गरेको थियो । तर आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यू भएको औपचारिक पुष्टि गरेको छ ।

यसअघि कोरोना संक्रमणका कारण नेपालमा सिन्धुपाल्चोककी २९ वर्षकी सुत्केरी महिला र बाँके नरैनापुरका २५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्