OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १९, २०८१
३०२ पटक

 १८ असोज २०८१, शनिबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेल क्षेत्रले भावनात्मक एकता बढाएको बताउनुभएको छ ।

कर्णाली प्रदेश फुटबल संघ सुर्खेतद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले खेल क्षेत्रले प्रतिभा जन्माउने भएकोले यसमा सबैको सहानुभूति हुने बताउनुभयो । “खेलमा प्रतिभा प्रदर्शन हुने भएकोले यसप्रति कुनैपनि राजनीतिक आग्रह पूर्वाग्रह छैन,” उहाँले भन्नुभयो, “प्रतिभावान् व्यक्तिप्रति सबैले सम्मानपूर्वक माया गर्छन र हौसला दिन्छन् ।”

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गरेकोले चाडपर्वको बेला सबै खेलाडीहरुले संवेदनशील भएर अभ्यास गर्न मन्त्री भण्डारीले सुझाउनुभयो । कर्णालीमा हुन लागेको यो ऐतिहासिक प्रतियोगिता सफल बनाउन र कर्णाली समृद्धिका लागि मार्चपास गरिने उहाँको भनाई थियो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ड खनालले खेल क्षेत्रले मुलुक चिनाउने जनशक्ति उत्पादन गर्ने भएकोले स्थानीय सरकार खेल क्षेत्र र खेलाडीको विकासका लागि सँगसँगै अगाढि बढ्ने बताउनुभयो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले कर्णालीको मान, सम्मान र प्रतिष्ठासँग जोडिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्नताका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रमले परिषद्का उपाध्यक्ष प्रमोद हमालले खेलाडी र पदाधिकारीबीचको आपसी दूरी कम गर्न बताउनुभयो । उक्त कार्यक्रममा कर्णालीबाट थाईल्याण्ड र लाओसमा जस्ता देशमा भएको अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भएर नेपालको शिर उच्च राखेकोमा वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका सुदीप गुरुङ र अन्डर–१६ फुटबल राष्ट्रिय प्रतियोगितामा सहभागी भएर कर्णालीको नाम उँचो राख्ने वीरेन्द्रनगर ६ सुर्खेतका गणेश पुलामी मगरलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्