OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १७, २०८१
४९९ पटक

१७ असोज २०८१, बिहीबार

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आज डिभिनजन वन कार्यालय सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कर्णाली प्रदेशमा राजश्व संकलनको मुख्य आधार उद्योग, पर्यटन र वन क्षेत्र नै भएको भएको बताउनुभयो । “भवन सुविधा सम्पन्न बनेको छ,” उहाँले भन्नुभयो, “अब यहाँबाट प्रभावकारी सेवा प्रवाह गर्नुस् र राजश्व वृद्धि हुने क्रियाकलापमा विशेष जोड दिनुस् ।”

कर्णालीमा धेरै ठूलो उद्योग नभएपनि पर्यटन, जडीबुटी र वन राजश्व संकलनको मुख्य स्रोत भएको मन्त्री अधिकारीको भनाई थियो । सुविधासम्पन्न भवन निर्माण भइसकेकोले बिगतको जस्तो कर्मचारीलाई काम गर्न समस्या नहुने भन्दै उहाँले नागरिकले देख्ने र महसुस हुने गरी काम गर्न कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले नवनिर्मित भवन प्रदेश सरकारको आफ्नै बजेटमा भ्याटसहित रु.दुई करोड १७ लाखमा निर्माण भएको बताउनुभयो । भवन भूकम्प प्रतिरोधी र अपाङ्गतामैत्री बनाइएको उहाँको भनाई थियो । अधिकृत श्रेष्ठका अनुसार उक्त भवन शर्मिला निर्माण सेवा कालीकोटले निर्माण गरेको थियो ।

प्रतिकृया दिनुहोस्