OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन १६, २०८१जुम्ला,
१२३ पटक

असोज १६ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले विपतमा खट्ने स्वंसेवक व्यूरो गठन गरेको छ ।
नगरपालिकाले जिल्ला रेडक्रस शाखा जुम्लाको सहकार्यमा नगरपालिकामा स्वयंसेवक व्यूरो गठन गरेको हो । नगरपालिकाले विभिन्न विभाग बाडेर ४० जना स्वंयसेवक गठन गरेको चन्दननाथ नगरपालिका विपत शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले विपतमा खटिने स्वयंसेवी जनशक्तिका लागि स्वंसेवक गठन गरिएको बताउनुभयो ।

चन्दननाथ नगरपालिकाले गठन गरेको व्यूरोमा प्रथामिक उपचार, स्वास्थ्य सरसफाई कार्यदल, खोज तथा उद्दार कार्यदल, क्षेति आकलन तथा आवश्यकता पहिचान कार्यदल, पुर्वसूचना प्रणाली कार्यदल, राहात व्यवस्थापन तथा पुनस्र्थापन कार्यदल र लैगिंक समानता तथा संरक्षण कार्यदल गठन गरि वडा नम्बर १ देखी १० का ४० जना यूवायूवतिहरु स्वयंसेवक रहेका छन् ।
कार्यदललाई क्षमता विकास तालिम दिएर नगरमा कुनै विपत तथा सामाजिक सेवाका लागि खटाईने भएको छ । कार्यदल सञ्चालन गर्नका लागि नगरपालिकाले नगर स्वयंसेवक व्यूरो कार्यविधि तयार भएको र सोही अनुसार काममा खटाईने भएको छ । यसैगरी नगरपालिकाले विपत प्रतिकार्य योजना समेत तयार पारेको छ ।

नगरपालिकाले गठन गरेको स्वयंसेवक व्यूरोको उद्देश्य र कामको विषयमा भने नेपाल रेडक्रस जुम्लाले प्राविधिक विषयमा सहयोग गरेको छ । नेपाल रेडक्रस जुम्लाका कार्यक्रम प्रमुख ईश्वरा सुवेदीले नगर व्यूरो स्वयंसेवक परिचालनका बिषयमा तयार पारिएको कार्यविधिका बिषयमा प्रस्तुतिकरण तथा व्यूरो स्वंसेवक कार्यदललाई कार्य अधिकारका विषयमा सहजीकरण गर्नु भएको छ । उहाँले स्वंसेवकले प्राथमिक उपचार, क्षेतिको मूल्यांकन, क्षेतिको सूचना उपलब्ध, विपतमा समस्यामा परेकालाई मनोपरामर्श सेवा समेत दिने भएको छ । उहाँका अनुसार स्वंसेवकले आफुले खटिएको क्षेत्रमा प्रतिवद्ध भई सामुहिक कार्यमा लाग्नुपर्ने, स्वस्र्फुत मानवीय सहायताका लागि खटिनुपर्ने छ । उहाँका अनुसार स्वंसेवकका मार्गदर्शक मानवता, प्रतिवद्धता, स्वामित्व, समावेशिता, ऐक्यवद्धता, निश्पक्षता, तथष्टता रहेका छन् । रेडक्रस जुम्लाले स्वंसेवकलाई झोला र ज्याकेट समेत हस्तान्तरण गरेको छ । स्विस रेडक्रसको सहयोगमा चन्दननाथ नगरपालिकाको आर्थिक साझेदारीमा नेपाल रेडक्रस जुम्लाले सहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रर्वधन परियोजना अन्तरगत चन्दननाथ नगरपालिकामा काम शुरु गरेको छ ।

चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले नगरपालिकामा आपतकालिन हुने कुनैपनि समस्याको स्वंसेवामा मानवीय सहयोग पुग्नेमा जोड दिनुभयो । उहाँले रेडक्रस र स्थानीय सरकार मिलेर यो कामलाई प्रथामिकता दिनेमा जोड दिनुभयो ।  नेपाल रेडक्रस सोसाईटी जुम्लाका प्रमुख सभापति लोकदर्शन श्रेष्ठले विपत तथा उद्दारमा सवैभन्दा महत्वपूर्ण समयको ख्याल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले काठमाण्डौमा भएको विपत र नदिको विचमा उद्दारका लागि कुरिरहेका मानिसहरुका लागि ४ वटा गाडिका टायर मात्रै फालिदिएको भए सजिलो हुनेमा जोड दिनुभयो । उहाँले नगरपालिकामा गठन भएको स्वयंसेवक व्यूरो जुम्लामा पहिलो भएकाले यसलाई सक्षम बनाउन रेडक्रसको सहकार्य निरन्तर हुनेमा जोड दिनुभयो । उहाँले स्वंसेवकलाई अव आवश्यक तालिम दिईनेमा जोड दिनुभयो ।

क्याप्सन ः जुम्लाको चन्दननाथ नगरपालिकाले गठन गरेको नगरस्वंसेवक कार्यदल तस्बिर नेत्र शाही, जुम्ला ।

 

प्रतिकृया दिनुहोस्