OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १५, २०८१जुम्ला,
११२ पटक

नेत्र शाही ÷जुम्ला,
असोज १५ गते । जुम्लामा ३४ औ ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाको आयोजना,मा जुम्ला सदरमुकाममा दिवस मनाईएको हो ।
दिवसको अवसरमा जुम्ला बजार परिकर्मा गरेर औपचारिक कार्यक्रम गरिएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा पुर्व पर्यटन, सस्कृति तथा राज्यमन्त्री वलबहादुर महतले प्रधानमन्त्री मनमोहन अधिकारीको पालमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता शुरुवात गरिएको बताउदै जुम्लामा ज्येष्ठ नागरिकका लागि आम्दानी हुने क्षेत्र खोज्नुपर्ने बताउनुभयो । उहाँले आफु पनि ज्येष्ठ नागरिक भएको बताउदै सामुहिक स्याउ फारम गरेमा उत्पादनमा जोड हुन सक्छ ।

चन्दननाथ नगरपालिकाका कार्यवाहक मेयर रामदेवी खड्काले ज्येष्ठ नागरिक संघलाई सवैको सहयोग आवश्यक रहेको बताउदै नगरपालिकाले गत बर्ष रु २० लाख फार्मेसीका लागि सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले आरोग्य सेवाका लागि पनि संरचना आवश्यक भएकाले नगरपालिकाले सहयोग गर्नेमा जोड दिनुभयो । चन्दननाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विर्खबहादुर कार्कीले ज्येष्ठ नागरिका लागि संरचनामा वडापािलकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । चन्दननाथमा योग साधनका केन्द्रले मान्छेलाई निरोगी बनाउनेमा जोड दिने बताउनुभयो ।

जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले जिल्ला ज्येष्ठ नागरिक संघ स्थापना गरि यहाँ सम्म पुग्नमा सहयोग पुर्याउने सवै महानुभावहरुलाई धन्यवाद दिनुभयो । ज्येष्ठ नागरिक भवानी प्रसाद न्यौपानेले ज्येष्ठ नागरिकले यातायातमा पाउने सिट र छुटको सुविधा अहिले सम्म हुन नसकेको र अन्य सुविधामा कम पाईरहेको समस्या भएको बताउनुभयो । कार्यक्रममा झण्डै एक सय बढि ज्येष्ठ नागरिकहरुको सहभागिता रहेका र उहाँहरुले हर्लिक्स वितरण गरिएको थियो । दिवसमा जुम्ला सदरमुकाममा ररयाली समेत गरिएको थियो ।  दिवको झण्डोतोलन गरि उद्घाटन पूर्वसभापति धनलाल हमालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्