OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,आश्विन १२, २०८१जुम्ला,
१२९ पटक

असोज ११ गते । जिल्ला कृषि विकास कार्यालय जुम्लाका कामहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यालयले आर्थिक बर्ष २०८०।०८१ को प्रगति र आर्थिक बर्ष २०८१।०८२ को कार्यक्रमका बिषयमा सार्वजनकिरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यालयले शुक्रवार सम्पन्न गरेको समिक्षामा आर्थिक बर्ष २०८०।०८१ मा कृषक पोत्साहन कार्यक्रम १६ वटा, ११ मध्य ६ वटा सम्झौता भई काम सम्पन्न भएको छ । व्यवसायिक फलफुल प्रर्वधन कार्यक्रम १८ वटा रहेका छन् ।
कार्यालय प्रमुख वालाकराम देवकोटाले प्रस्तुत गर्नु भएको प्रस्तुतिकरणमा सिचाईमा २६ वटा ४ हजार ८ सय मिटर आरसिसि क्यानल निर्माण, २२ वटा आरसिसि ट्यांकी निर्माण, ११५ वटा हिउँदे वगैचा काटछाट अभियान, ६ जना प्रांगारिक सिचाई गर्ने किसानलाई साना सिँचाई,६ वटा समुहलाई सामग्री वितरण, तातोपानी गाउँपालिका वडा नम्बर ५ स्याउवालीमा कृषक पाठशाला स्थापना गरिएको छ । छुमचौरमा मार्सीधानको ब्लग स्थापना गरिएको छ ।

कार्यालय प्रमुख देवकोटाका अनुसार उच्च घनत्वका स्याउका विरुवा खरिद गर्न भने टेण्डर परेन । ५० प्रतिशत अनुदानमा रु २० लाख बजेटको उच्च घनत्व जातका स्याउका विरुवा आयत गर्ने कार्यक्रममा २ पटक सुचना प्रकाशन गर्दा पनि टेण्डर नपरेपछि काम हुन सकेको छैन् ।

समिक्षा कार्यक्रममा किसानले सरोकारवाला निकायको सुझावमा योजना छनौट तथा सरोकारवालाको अनुगमन आवश्यक रहेको सुझाव दिएका छन् । स्याउ कृषक रामसिंह रावलले कृषिमा अनुसन्धान शुन्य भएकाले यसमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले योजना छनौट तलबाट माथी गर्नका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
स्याउ किसान गोपाल रोकायाले किसानलाई आएका कार्यक्रमहरु फ्रिज नजाने गरि काम गर्न सुझाव दिनुभयो । उहाँले स्थानीय तहले पनि कृषि क्षेत्रमा बजेट प्रथामिकता दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी संगिता धितालले आफुपनि कृषि क्षेत्रमा आएका कारण चासो राखेको बताउदै आगामी दिनमा राम्रो गर्नका लागि कदम चाल्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले भएका कार्यक्रमहरु फिल्डमा हेर्न नपाईएको बताउदै मिडियाको सहभागिताका लागि सुझाव दिनुभयो । उहाँले स्याउको बजारीकरण, उत्पादनका विषयमा प्रचार सामग्री आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले योजना तलबाट छनौट गरेर पठाउने कुरामा प्रथामिकता दिनुपर्ने बताउदै प्रदेश सांसद र प्रतिनिधित्व मिडियाको समिक्षामा सहभागिता हुनुपर्ने बताउनभयो । समिक्षामा चन्दननाथ नगरपालिकाका कृषि प्रमुख सुर्जा बोहरा र तातोपानी गाउँपालिकाका कृषि शाखा प्रमुख मोहन महतले आफ्नो पालिकामा भएका कामको समेत प्रस्तुतिकरण गर्नुभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्