OnlinePana

आज : २०८१ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ११, २०८१सुर्खेत
१५८ पटक

११ असोज २०८१, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशका लागि योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यक रहेको बताउनुभएको छ ।

वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतस्थित शिव माध्यमिक विद्यालय धुलियाबिटको ४०औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योग्य एवं सक्षम जनशक्ति उत्पादन हुन सकेमात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । “हरेक विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थाहरुले गरिखाने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।

आजको आवश्यकता भनेको प्रतिस्पर्धी एवं योग्य जनशक्ति, गुणस्तरीय शिक्षासहित संस्कारयुक्त नागरिक उत्पादन गर्नु रहेको बताउँदै मुख्यमन्त्री कँडेलले यसमा घर, विद्यालय र वातावरण सहि हुनुपर्नेमा जोड दिनुभयो । “विद्यालयले केवल सिकाउने मात्र होइन, सभ्य नागरिकको विकास गर्ने हो,” उहाँले भन्नुभयो, “आजको विद्यार्थी भाई बहिनीहरुमा संस्कार कमी भएको हो जस्तो देखिन्छ ।”

उहाँका अनुसार देशलाई चाहिने असल नागरिक निर्माण गर्न अभिभावक र विद्यालय परिवारको ध्यान जान आवश्यक छ । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश सरकार लागेको बताउनुभएका मुख्यमन्त्री कँडेलले सरकारको कामलाई प्रभावकारी बनाउन शिक्षासँग सम्बन्धित सबै सरोकारवालाहरुको साथ सहयोग आवश्यक रहेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्