OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ११, २०८१,जुम्ला,
१४२ पटक

कोरपाटी,जुम्ला,

असोज ११ गते । नेकपा माओवादी केन्द्र जुम्लाले दशै र तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा दशै र तिहारको शुभकामना सँगै सदभाव साटिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला सहईन्चार्ज गोमा कुँवरले दशै सामान्य तरिकाले मनाउन तथा भडकिलो नगर्न कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

उहाँले खासमा दशैमा बलि चढाएर राम्रो नहुने भएपनि हाम्रो सामाजिक सस्कार अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले हिजो के भयो त्यो होईन अव के गर्ने योजनामा पार्टीको सवै तह लाग्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्र जिल्ला संयोजक नवराज न्यौपानेले हामी हिजो मर्न भनेर गएका मान्छे बाचेका छौ । धेरै असन्तुष्ट नभई पाएको कार्यभार र जिम्मेवारी पुरा गर्न नेता कार्यकर्तालाई सुझाव दिनुभयो । उहाँले बलियो आधार ईलाका जुम्ला भएकाले ईमान्दार भएर लागेमा निर्वाचन जितिने बताउदै लक्ष्य समाजवाद सम्मको भएकोमा जोड दिनुभभयो । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लक्ष्मी कन्य बुढाका अनुसार अहिलेको अवस्थामा पार्टीको परामर्श वैठक सम्पन्न भएको छ, यसैगरी यो विजया दशमीले जनता र नेतामा भरोसा राख्ने पर्वको रुपमा विकास गर्ने शुभकामना दिनुभयो । उहाँले जुम्ला आधार ईलाका सुस्त हैन अव वियुझिनुपर्नेमा जोड दिनुभयो । नेकपा माओवादी केन्द्रका वैकलिपक केन्द्रीय सदस्य चन्द्रविर तिरुवाले जुम्ला माओवादी एकनम्बर पार्टीनै भएको तर तालमेल नभएका कारण समस्या बढिरहेको बताउदै अव सचेत हुन आवश्यक रहेको छ ।

नेकपा एमालेका जिल्ला सचिव मानबहादुर रोकायाले जुम्ला कम्यूनिष्टको जिल्ला बनाउने तरिकाले अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले शुभकामना कार्यक्रममा माओवादीको भरपर्दो जनशक्ति देख्दा खुशी लागेकोमा जोड दिनुभयो । शुभकामना कार्यक्रममा उपस्थित अगुवा नेता, कार्यकर्ता, जनवर्गिय संगठनका नेताहरुले शुभकामना दिएका थिए । शुभकामना कार्यक्रममा अधिकांशको सुझाव आधार ईलाका माओवादीकै भएका कारण समन्वय सहकार्य गरेर अगाडि बढ््दा सफल हुनेमा जोड दिईएको छ ।

प्रतिकृया दिनुहोस्