OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही , आश्विन ७, २०८१जुम्ला,
२१० पटक

असोज ७ गते । गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । जुम्लाको भिजन निर्माण सेवाले गरेको कामको कदर गर्दै सम्मान गरिएको हो ।
जिल्लाको हिमा गाउँपालिका वडा नम्बर ३ भैरव आधारभुत विद्यालयले भिजन निर्माण सेवा जुम्लाको निर्माण व्यवसायी राष्टु कठायतलाई कदरपत्रले सम्मान गरेको छ ।

प्लान नेपाल, साझेदारी सेवा केन्द्र ( पेश) नेपाल र स्थानीय सरकारको साझेदारी सहयोगमा निर्माण भएको चार कोठे भवन, ईसिडि, अपांगतामैत्री, शौचालय निर्माण भएको थियो । सो भवन निश्चित समयमा गुणस्तरीय निर्माण भएको भन्दै हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले प्रोपाईटर राष्टु कठायतलाई कदरपत्रले सम्मान गर्नु भयो ।
यसैगरी भैलेपाटा आधारभुत विद्यालयमा समेत काम गर्न योगदान पुर्याएका भन्दै सम्मान गरिएको छ । भिजन निर्माण सेवाका प्रोपाईटर कठायतले हिमा गाउँपालिकाको महावु आधारभुत विद्यालय कुडु, आधारभुत विद्यालय गोरुचौर सहितका ४ वटा विद्यालयमा गुणस्तरीय भवन निर्माण भएका छन् ।

विकास साझेदार निकाय प्लान नेपाल र साझेदारी सहयोग केन्द्र (पेश) नेपालले निर्माण गरेका ५ वटा विद्यालय मध्य ४ वटा विद्यालय भिजन निर्माण सेवा र आधारभुत विद्यालय जोडुमा मिलन एण्ड मेलिना निर्माण सेवाले निर्माण गरेको छ । ति ५ वटा भवन एकैसाथ कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नु भएको छ ।
मन्त्री भण्डारीले गुणस्तरीय भवन निर्माण गरेकोमा स्थानीय सरकार, स्थानीय सरकार, साझेदार निकाय निर्माण व्यवसायीलाई धन्यवाद ज्ञापन गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनसार गुणस्तरीय भवन निर्माण मात्रै नभई ति संरचनालाई विद्यालयले राम्रो प्रयोग गर्न आवश्यक रहेको छ  । राम्रो काम गर्नेलाई सम्मान गर्ने काम अरुका लागि सिकाई हुने स्थानीय समुदायको भनाई छ ।

प्रतिकृया दिनुहोस्