OnlinePana

आज : २०८१ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २५, २०८१ सुर्खेत
९० पटक

२४ भदौ २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आत्महत्याप्रति हरेकले दृष्टिकोण बदल्न जरुरी रहेको बताउनुभएको छ ।

‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने नाराका साथ आज सुर्खेत वीरेन्द्रनगरमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यसको प्रतिको घृणित र नकरात्मक दृष्टिकोण बदल्न सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “विश्वव्यापी चुनौतिका रुपमा देखिएको मानसिक स्वास्थ्यमा परेको प्रतिकूल प्रभावले आत्महत्याका घटना बढ्दै गएको र यसको रोकथामका लागि बहस संवाद गर्न अपरिहार्य छ,” उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले सञ्चार जगतले सत्यलाई पनि चिर्न सक्ने साहस राख्ने भन्दै सकरात्मक सन्देश जाने खालका समाचारबाट मानव सोच र दृष्टिकोणमा परिवर्तन आउने जनाउनुभयो । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.रविन खड्काले एउटा व्यक्तिको आत्महत्याबाट परिवार, समुदाय र सिंगो देश नै प्रभावित हुने भएकोले यसको रोकथाममा राज्यसहित सम्बन्धित सबै सरोकारवालाहरुको साझा प्रतिवद्धता आवश्यक रहेको औंल्याउनुभयो ।

मन्त्रालयका प्रवक्ता एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले आत्महत्याको विकराल अवस्था रोक्न सबैको साझा प्रतिवद्धता हुनुपर्नेमा जोड दिनुभयो । अन्तरक्रियामा कर्णाली प्रदेशका मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शी, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत प्रहरी निरीक्षक धर्मेन्द्र खड्का र सिएमसी नेपाल कर्णाली प्रदेश कार्यालय प्रमुख एवं मनोविद् लक्ष्मण नाथले आत्महत्याको नेपालको अवस्था, यसको प्रभाव चुनौति, समाधानका उपाय र आगामी कार्यदिशा समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्