OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २०, २०८१सुर्खेत
८८ पटक

 

२० भदौ २०८१, बिहीबार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई राष्ट्रिय संकटबाट सहि दिशामा लैजाने सन्दर्भमा नेपालका प्रमुख दुई ठूला दलबीच गठबन्धन भएको बताउनुभएको छ ।

नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आउनुभएका महासचिव पोखेरलले आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँको कुराकानीमा नेपाली काँग्रेस र नेकपा एमालेबीचको समीकरणको ध्येय मुलुकलाई संकटबाट बचाउनु हो भन्नुभयो । “समीमकरणको मूल उद्देश्य मुलुकको लोकतन्त्रलाई सहि दिशामा लैजान अहिलेसम्मका संवैधानिक कानुनी अभ्यासको समीक्षा गर्ने, त्यसको जगमा संविधानको आवश्यक सुधार गरी मुलुकलाई स्थायित्व प्रदान गर्ने संकल्प हो,” उहाँले भन्नुभयो ।

यो सरकार बनेपछि अर्थतन्त्र लयमा आउन थालेको र युवाहरुलाई स्वदेशमै रोक्न स्टार्ट अप परियोजना सुरु गरी विना धितो कर्जा लिने व्यवस्था गरिएको बताउनुभएका उहाँले जातिय एवं धार्मिक अतिवाद र धर्मान्तरले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण भइरहेको र त्यसलाई रोक्नुपर्ने बताउनुभयो । युवाहरुलाई देशभित्र बस्ने आशा जगाउने गरी पैरवी गर्न त्यस क्षेत्रमा कलम चलाउन पत्रकार सञ्चारकर्मीहरुलाई उहाँले आग्रह गर्नुभयो ।

एमालेलाई राष्ट्रिय निर्णायक शक्तिका रुपमा निर्माण गर्ने अभियानलाई पुरा गर्न १८ कार्ययोजना बनाएर अगाडि बढाइएको उहाँको भनाई थियो । कांग्रेस एमाले दुवै दल आगामी निर्वाचनमा एक्ला एक्लै लड्ने तथापि सत्ता सहकार्य गर्ने गरी अगाडि बढिरहेको महासचिव पोखरेलले बताउनुभयो ।

पत्रकारको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “दुई दलीय प्रणालीको मैले कुरा गरेको छैन । दल जतिपनि खोल्न पाईन्छ । धेरै दल भएका मुलुकको विकास अपेक्षित हुन सकेको छैन । दुई दलबीचको प्रतिस्पर्धा नै नेपाली राजनीतिको मूल आवश्यकता हो । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नेपाली राजनीतिक दलहरुले पनि आफ्नो संरचनामा सुधार गर्नुपर्दछ ।”

सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदको प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’का पछिल्ला अभिव्यक्तिहरु असंसदीय र अराजनीतिक भएको आरोप लगाउनुभयो । उहाँले अध्यक्ष प्रचण्डलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । समानुपातिक समावेशीतालाई सुरक्षित राखेर मुलुकलाई स्थायित्व दिन संविधानको आवश्यक संशोधन गर्न खोजिएको र त्यसमा सबैलाई साथमा लिएर अगाडि बढ्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्