OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र १८, २०८१जुम्ला,
२३० पटक

भदौ १८ गते । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले गरेका कामका बिषयमा सरोकारवाला निकायद्धारा अनुगमन गरिएको छ ।
वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको सहयोग तथा किर्डाक नेपालले सञ्चालन गरेका सामुदायिक सहभागिता तथा वालस्पोन्सरसिप परियोजना र एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना प्रभावकारीताको बिषयमा अनुगमन गरिएको छ ।

जिल्लाको तिला, तातोपानी, पातारासी, गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा भईरहेका कामको अनुगमन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य सहित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासन सहितका सरोकारवाला निकायले परियोजनाको अनुगमन गरेका हुन ।

जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ मा तरकारी किसान काली रावतको टनेलमा रहेको डेमो अनुगमन, वडा नम्बर २ बाबिरामा रहेको बाबिरा उत्पादन तरकारी समुह सँग छलफल, तातोपानी ३ लिताकोटमा तालिममा शिप सिकेर होटल गरिरहेका बृर्ख रावलको होटल र तिला ३ कुडारीमा किसान पाना शाहीको नेतृत्वमा संचालन भएको कृषि टनेल र तरकारी व्याड डेमो अनुगमन भएका छन् । तिला ८ को पुरु गाउँमा जलवायू मैत्री कृषि खेतिको डेमो टमाटर खेतिको अनुगमन गरिएको छ ।  किर्डाक नेपालका फिल्ड परिचालक अजित थापाका अनुसार गुठिचौर गाउँपालिकामा वडा नम्बर ४ को थामवाडामा टमटरको टनेल डेमो र सिमीखेति, धवलपुरमा सामूहिक रुपमा स्याउको परिकार बनाउने सामग्रीको अनुगम तथा समुह छलफल र चन्दननाथ नगरपालिका वडा नम्बर ४ कालिका आलु उत्पादन समुहको अनुगमन तथा समुहमा छलफल, किसान डिल्ली रावतको तरकारी खेति अनुगम गरिएको छ ।
यसैगरी पातारासी गाउँपालिका वडा नम्बर ५ लोर्पमा वालक्लव सँग छलफल, जीवन उपयोगी शिप सम्वन्धी शिक्षाको सहभागिहरु सँग छलफल र उत्पादन समुह आलु र तरकारी समुहरु सँग छलफल, डेमो प्लटको अनुगमन भएको किर्डाक नेपालले जानकारी दिएको छ ।

परियोजनालाई दुई खण्डमा विभाजन गरि लगानी गरिएको छ ।वर्ल्डभिजन ईन्टरनेश्नल नेपालका जिल्ला संयोजक भेषबहादुर रावलका अनुसार
सामुदायिक सहभागिता तथा वालस्पोन्सरसिप परियोजनाको जुम्ला कार्यक्रमको रु एक करोड ५२ लाख २४ हजार र सिंजा कार्यक्रम अन्तरगत रु ७० लाख १२ हजार यो आर्थिक बर्षमा काम भईरहेको छ । उहाँका अनुसार एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाको जुम्ला कार्यक्रमको रु एक करोड ३१ लाख १३ हजार र सिंजा कार्यक्रमको रु एक करोड ४९ लाख २२ हजार बजेट छ । तिलाको १,२,६,७,८,९ मा भएको सिंजा एपि र तिला ३,४,५ तातोपानी, चन्दननाथ, गुठिचौर पातारासीको जुम्र्ला एपि कार्यक्रम रहेको छ । कार्यक्रमको सुधानुपक्षका बिषयमा समिक्षा वैठकमा दिईने तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

         तस्बिर : नेत्र शाही

 

 

प्रतिकृया दिनुहोस्