OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र १६, २०८१जुम्ला,
२८७ पटक

भदौ १६ गते । अवरुद्ध कर्णाली राजमार्ग खुलेकाे  छ ।गत भदौ १२ गते देखी अविरल बर्षाका कारण बन्द भएको सड्क खुलेको हो ।
सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको दहीखोला र मालाचौरमा गएको पहिरोे खुलेपछि राजमार्ग खुलेको छ । डिभिजन प्रमुख चेतनकुमार मण्डलका अनुसार मालाचौरमा ६ः३० बजे बाटो खुलाउन सफल भएका छौ । सड्कका अनुसार सो बाटो खुलेपछि रोकिएका स्याउ तथा मालवाहक ट्रकहरु जान थालेका छन् ।

मिति २०८१ साल भदौ १२ गते अविरल बर्षाका कारण दही खोला, मालचौर यासमोड, मेअरखोला, गगने खोला सहितका दर्जनौ स्थानमा पहिरो जादा सड्क बन्द भएको थियो । पहिरोले सड्क अवरुद् हुदा जुम्लाबाट सुर्खेत नेपालगंजका लागि गएका स्याउका दर्जनौ ट्रक अलपत्र, खाद्यन्न सामग्री साधनहरु अलपत्र पर्नुका साथै यात्रुहरुलाई असहज भएको छ । यसैगरी बाटोको बिषयमा जिल्लामा बिपत व्यवस्थापन समितिको वैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको वैठकले कर्णाली राजमार्ग पूर्ण रुपमा खुलाउन तथा आवश्यक बजेटको माग गर्ने निर्णय गरेको छ । यसैगरी कर्णाली राजमार्ग तथा नाग्म गमगडि राजमार्गका लागि विशेष बजेटका लागि सरकारको ध्यान आकर्षण समेत हुदै आएको छ । एकतर्फि गाडि पास गर्न लागि बाटो खुलेपनि सड्क दिर्घकालिन मर्मत तथा स्तरबृद्धि गर्न आवश्यक छ ।

५ दिन सम्म बाटो बन्द हुदा कर्णाली राजमार्गमा झण्डै सात सय टन स्याउका काटोमा अलपत्र परेका थिए । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले रु ७ करोड सात लाखको स्याउ अलपत्र भएको विपत वैठकमा जानकारी दिनुभयो । जिल्ला विपत व्यवस्थापन समितिको वैठकमा सड्क डिभिजन कार्यालयले सड्कमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ, प्रमुख चेतन कुमार मण्डलले जुम्लाले लगातार ४ वटा ह्याभी ईक्यूमेन्ट प्रयोग गरिरहेको भएपनि अझ बढि अवस्था असहज भए अन्य साधन थप्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । जिल्ला विपत व्यवस्थापन समितिको वैठकमा राजमार्गमा ठूलठूला ढुंगा खसेकाले व्लाष्टिङ गर्न नेपाली सेनासँग समन्वय गरि निकायलाई पहल गर्ने निर्णय गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्