OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र १५, २०८१जुम्ला,
१४० पटक

भदौ १५ गते । गत भदौ १२ गते राति आएको पानी पछिको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग अझै नखुलेपछि ध्यानाकर्षण गरिएको छ ।
कर्णाली राजमार्ग अवरुद्ध भएपछि आवत जावत बन्द भई सर्वसाधारणलाई समस्या भएका कारण राजमार्ग चाडो खुलाउन नेपाल सरकारलाई ध्यानाकर्षण गरिएको छ । स्थानीय जनप्रतिनिधि, नागरिक समाज, पत्रकार महासंघ लगायतका निकायले राजमार्ग चाडो खुलाउन तथा कर्णाली र नाग्म गमगडि राजमार्गका लागि बजेट आवश्यक बढाउन ध्यानाकर्षण गरेका हुन् ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगी लगायत सरोकारवाला निकायले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, मिति २०८१ साल भदौ १२ गते अविरल बर्षाका कारण कर्णाली राजमार्गको दहीखोला, यासमोड, मेअरखोलामा पहिरोले अवरुद्ध भएको बताउदै सड्क अवरुद्ध हुदा जुम्लाबाट निर्यात गर्ने स्याउका दर्जनौ ट्रक अलपत्र, खाद्यन्न सामग्री साधनहरु अलपत्र पर्नुका साथै यात्रुहरुलाई असहज भएको छ । ध्यानाकर्षण पत्रमा यसवेला ध्यान नदिएमा ध्यानाकर्षण पत्रमा राजमार्ग अवरुद्ध भई यातायात बन्द भएका कारण करोडौको स्याउ बाटोमा अलपत्र तथा कुईने डर देखिन्छ । यसैले राजमार्ग चाडो भन्दा चाडो सुचारु गर्न तथा कर्णाली राजमार्ग र नाग्म गमगडि राजमार्गमा विशेष बजेट व्यवस्थापन गर्न ध्यानाकर्षण गरिएको छ ।

यता सड्क डिभिजन कार्यालय जुम्लालले निरन्तर फिल्डमा काम गरिरहेको छ । तर निरन्तरको पहिरो गएका कारण हैरान भएको डिभिजनका निमित्त प्रमुख चेतन कुमार मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्ला खण्ड करिब सड्क सुचारु भईसकेको र दैलेख खण्डमा भिषण पहिरोले हैरान बनाएको छ ।
यता सड्क डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुमबहादुर भण्डारीले दहीखोलामा ठूलो क्षेति भएको र त्यहाँबाट कालिकोट क्षेत्र तर्फ केही पर आउदा एटटा ठूलो चट्टान खसेकाले फुटाल्ने प्रयास भईरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आफु फिल्डमै काम गरिरहेको बताउदै एकतर्फि सड्क आईतवार सम्म खुल्ने सम्भावना रहेको बताउनुभयो । उहाँले कर्णाली राजमार्गमा विशेष प्याकेज सहितको बजेट आवश्यकता रहेकाले सवैको सहयोग आवश्यक रहेको छ ।

राजमार्गमा निरन्तर र ठूला ठूला पहिरो गएपछि काम गर्न जोखिम र असहज समेत हुदै आएको छ । तर जुम्ला र सुर्खेत खड्कले निरन्तर काम गरिरहेका छन् । तर सरकारले आवश्यकता अनुसार बजेट विनियोजना नगरेको बताउदै स्थानीय स्तरबाट ध्यानाकर्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्