OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १५, २०८१सुर्खेत
६९ पटक

 १५ भदौ २०८१, शनिबार

चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौंको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको भीषण पहिरोले सडक अवरुद्ध भएको हो ।

जुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिडेका सयौंको संख्याका गाडी तथा यात्रु बसहरु कालीकोट र दैलेख सडक खण्डमा अलपत्र अवस्थामा परेका हुन् । कालीकोट शुभकालिकाका गाउँपालिकाको वडा नं. १ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोत साधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नेपालीले रासससँग कुरा गर्दै भन्नुभयो, “पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ । भदौ १२ गते बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडक खण्ड आज बेलुकासम्म खुलाउने प्रयासमा छौं । त्यसका लागि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ । उता दैलेख जिल्ला पनि पहिरो पन्छाउन लागि परेको छ ।”

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जतिसक्दो छिटो सडक आवागमन सुचारु होस् भनेर अस्तिदेखि राकममै कर्णालीमै बस्दै आएको बताउनुभयो । हामीले तीनवटा स्काभेटर चलाएर आठबीस नगरपालिकास्थित मालाचौरमा गएको पहिरो पन्छाई सकेका छौ,” उहाँले भन्नुभयो, “किटु खोलामा सडक भाँसिएकोले तलबाट पर्खाल लगाउने काम भइरहेको छ ।”

उहाँले पहिरो पन्छाने कामलाई तीव्र गतिमा बढाउन सुर्खेत र नेपालगञ्जबाट बुलडोजर मगाईएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार सडकको पहिरो पन्छाएर आवागमन सुचारु हुन अँझै दुई दिन लाग्नेछ । हिलो भएको ठाउँमा प्रहरीले हिड्नलाई ढुंगा राखिदिएर पैदल हिड्ने यात्रालाई सहयोग गरेको छ ।

यात्रुहरुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन प्रहरीले सहयोग गरेपनि स्याउ बोकेका गाडीहरु भने सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज सुर्खेत गाडी पुर्याउन नसके लाखौंको क्षति हुने चन्दननाथ नगरपालिका ९ जुम्लाका स्याउ व्यापारी रामबहादुर खत्रीले दुखेसो पोख्नुभयो ।

“केही आम्दानी लिने आशा बोकेर स्याउ झारियो तर चार दिनदेखि बाटोमै स्याउ थन्केको छ,” उहाँले भन्नुभयो, “दैनिक गाडी स्टाफलाई खान बस्न व्यहोर्दै पैसा गइरहेको छ भने त्यसैगरी स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था छ ।” करोडौंको स्याउ अलपत्र पर्दा यसबाट स्याउ व्यापारीहरु चर्को मारमा परेका छन् ।                                                        कालिकाेटकाे ताडिमा स्याउ भरिएका गाडि तस्बिर सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्