OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १४, २०८१सुर्खेत
१२० पटक

१४ भदौ २०८१, शुक्रबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको व्यवस्थाको मुख्य प्रवक्ता माओवादी भएको बताउनुभएको छ ।

पार्टी केन्द्रद्वारा आयोजित ‘प्रदेशस्तरीय परामर्श बैठक’लाई सम्बोधन गर्न आज कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग भेटघाट कार्यक्रममा परिवर्तनको रक्षा गर्ने र सबै वर्ग, जाति, भाषा, धर्म र क्षेत्रका नागरिकहरुको अधिकार बचाउने जिम्मेवारी माओवादीको काँधमा रहेकोले यसको मुख्य प्रवक्ता माओवादी भएको दावी गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, “हाम्रोका पार्टीको काँधमा ठूलो जिम्मेवारी छ । शान्ति प्रक्रियालाई निष्कर्ष पुर्याउने, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, मजदुर, किसानहरु जो जसले जति अधिकार पाएका छन् त्यसलाई बचाउने जिम्मा माओवादी केन्द्रमा नै छ । यसका लागि हामी एकतावद्ध भएर परिस्थितिका सामना गर्नुपर्ने बेला आएको छ ।”

एक समयमा एमालेका नेताहरुले जनयुद्ध भन्ने शब्द आफैले प्रशंसा गरेको बताउँदै उहाँले माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न आग्रह गर्नुभयो । विस्तृत शान्ति सम्झौतालाई संविधानको अंग बनाएको र व्याख्यात्मक टिप्पणीमा अँझ माओवादी जनयुद्ध भनेर उल्लेख गरिएको बताउनुभएका उहाँले यो सरकार किन फेरियो भन्ने कुरा आफूले जतिको गहिरो गरी कसैले नबुझेको जिकिर गर्नुभयो ।

अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति पनि विशिष्ट र भूराजनीति ध्रुवीकरणको अवस्था जटिल एवं चुनौतिपूर्ण बन्दै गएको विषयमा पनि छलफल छ । सबै प्रदेशमा पुगेर सुझाव, परामर्श टिप्पणी लिन र राय संकलन गर्ने क्रममा कर्णाली आइपुगेको उहाँले बताउनुभयो । देश बंगलादेश जस्तो हुन सक्छ भन्ने कुरा कुनै उत्तेजना आवेग आएर नबोलेको भन्दै अध्यक्ष प्रचण्डले संसदीय प्रजातन्त्रमा ठूला पार्टीहरुको बीचको गठनबन्धन निकै दुर्लभ र बिडम्बनाको कुरा भएको टिप्पणी गर्नुभयो ।

“गलत भए त हामी छोड्दैनौ भन्ने विद्रोहको भाषा नभई प्रतिपक्षीको खबरदारी हो,” उहाँले भन्नुभयो, “बेथिति र भ्रष्टाचारलाई बचाउने कोशिस गरियो भने सदनमा सशक्त रुपमा प्रतिवाद गर्छौ र जरुरी पर्यो भने सडकमा पनि जान्छौैं । हिंसा भन्ने भाषा सदनमा गर्नुहुन्थेन । संविधानमा उल्लेख गरेका कुरालाई स्मरण गर्नुपर्दछ ।”

पार्टी फुट्छ भनेर गरिएका शंकालाई बसेर सर्वसम्मतरुपले खारेज गरिएको प्रष्ट्याउँदै उहाँले पार्टी भित्र बहस, छलफल भइरहने र यसले पार्टीलाई बलियो बनाउने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “आजको मितिमा नेतृत्व हस्तान्तरण त्यति उपयुक्त छैन । प्रचण्डका लागि अध्यक्ष ठूलो कुरा होइन । अध्यक्ष भन्दा प्रचण्ड माथि भइसक्यो । टिम बन्यो भने म नयाँ भूमिका जाने सोच गरेको छु बरु अहिले नेतृत्वलाई अँझ प्राधिकार बनाउने भन्ने छ ।”

प्रतिकृया दिनुहोस्