OnlinePana

आज : २०८१ फागुन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ ८, २०७७
१२३९ पटक

सुर्खेत, ८ जेठ २०७७ : कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगंगा नगरपालिका ५ सुर्खेतको बबईमा आज मात्र एक हजार २०७ नागरिकहरु आईपुगेका छन् ।

भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज राती उनीहरु बबई आईपुगेका हुन् । प्रवेशद्वारमा आईपुग्ने सबै कर्णालीबासी नागरिकहरु रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । जसमा दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालीकोट जिल्लाका ४४ जना नागरिकहरु रहेको कानूनमन्त्री भण्डारीले बताउनुभयो ।

मन्त्री भण्डारीले भारतबाट सयौंको संख्यामा कर्णालीबासी नागरिकहरु भित्रिदै गरेको यस परिवेशमा प्रदेश सरकारले सबैको आरडिटी गर्ने यद्यपि स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पुरागर्न अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “यतिमात्र होइन भारतबाट आउने संख्या दिनप्रति दिन बढिरहेको छ । नागरिकहरुको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ । सीमामा आरडिटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टाइनमा बस्न गरिएको छ ।”

भारतबाट एकैपटक ठूलो संख्यामा नागरिकहरु त्यहाँ पुगेपछि कर्णाली प्रदेश सरकारले तत्काल ¥यापिड डाईगोनोष्टिक टेस्ट (आरडिटी) का लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति बबईमा त्यहाँ पुगेको सामजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो । “त्यहाँ पुगेका सबैको आरडिटी टेस्ट गर्छौं र पोजेटिभ देखिएमा प्रदेशको क्वारेन्टाइनमा राख्छौं । उनीहरुको आरटी पिसिआर गरेर संक्रमण देखिएमा आइसोलेसनको पनि तयारी भईरहेको छ,” मन्त्री रावलले भन्नुभयो ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेवाग्लेले अहिले तत्काल ७०० किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताउनुभयो । आवश्यकतामा अन्य थप किट पठाउने र परीक्षण कार्यलाई तीव्र बनाउने भन्दै प्रमुख वाग्लेले सबैको आरडिटी गरेर मात्र सम्बन्धित जिल्लामा पठाइने जनाउनुभयो

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकहरुको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको बताउनुभयो । केही जनशक्ति सीमा निर्वाध रहेको र केही जनशक्ति सुर्खेतबाट पठाईएको प्रहरी नायब महानिरीक्षक पन्तले जनाउनुभयो । यो डेढ साताभित्र कर्णाली प्रदेशमा १५–२० हजार नागरिकहरु भित्रि अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्