OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही , भाद्र १२, २०८१जुम्ला ।
४३२ पटक

जुम्ला/ नराकाेट सिञ्जा ।                               भाद्र १२ गते ,    नेकपा माओवादी केन्द्र  निकट अखिल क्रान्तिकारी जुम्लाकाे १३ ओै  जिल्ला सम्मेलन शुरू भएकाे छ । जुम्लाकाे दा्ेस्राे प्रशासनिक केन्द्र सिञ्जाकाे  नराकाेटमा भब्य कार्यक्रमका बिचमा सम्मेलन शुरू गरिएकाे छ । संगठनका केन्द्रीय उपाध्यक्ष अमरजंग शाही र जुम्ला पार्टीसंयाेजक नवराज न्याैपानेले सम्मेलनकाे उद्घाटन गर्नु भएकाे छ ।  सम्मेलनकाे उद्घाटन गर्दै   अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष शाहीले विद्यार्थी सकारात्मक परिवर्तनकाे ठूलाे शक्ति भएकाे बताउनु भयाे ।  उहाँले बंगलादेशकाे घटना हाम्रा अगाडि ताजा रहेकाे बताउदै नेपालमा गणतन्त्रका लागि लडेकाे  अखिल क्रान्तिकारी जुन सँगै वेथितिका विरूद्द  अखिलकाे साथ रहने प्रतिवद्दता जनाउनु भयाे । उहाँले भ्रष्ट र देशविराेधिहरू विरूद्द निरन्तर  अखिलकाे आन्दाेलन रहनेमा जाेड दिनुभयाे । उहाँले जुम्लाबाट अखिलकाे राम्राे नेतृत्वका लागि शुभकामना दिनुभयाे ।                   नेकपा माओवादी केन्द्र जुम्ला संयाेजक  नवराज न्याैपानेले ठूलाे दुख र संघर्षकाे गर्भबाट अखिल क्रान्तिकारी जन्मिएकाे बताउदै त्याे ईतिहास बुझिराख्नु पर्ने बताउनु भयाे । उहाँले अखिल क्रान्तिकारी  भेडा खाने बाघ नभई भ्रष्ट र वेईमानी खाने बाघ संगठनकाे रूपमा  स्थापित हुनुपर्ने बताउनु भयाे । उहाँले हृदयमा इमान्दारी, मस्मस्तिमा समझदारी हामी अखिल क्रान्तिकारी नाराकाे रूपमा अगाडि बढाउने बताउनु भयाे । उहाँले  समाजवाद ल्याउन विद्यार्थीले लड्ने हाे, क्षमता छ, धन नहुदा पढ्न नपाउने नभई क्षमता अनुसार काम गर्ने, पढ्न पाउने व्यवस्था समाजवाद भएकाले वुझिराख्न आवश्यक रहेकाे बताउनु भयाे । सिञ्जा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले शशक्त नेतृत्व आउने शुभकामना दिनुभयाे ।उद्घाटन सत्रमा माक्सवादी ज्ञान केन्द्र कर्णालीका अध्यक्ष तथा एकीकत  अखिल नेपाल शिक्षक संगठनका जिल्लाध्यक्ष जेएस धितालले विद्यार्थीले पढ्ने लेख्ने र जीवनकाे सुन्दर सपनाका लागि निरन्तर लाग्नु पर्ने हाे ।   उहाँले आजकाे विद्यार्थी भाेलीकाे भविश्य भएकाले जुन क्षेत्रमा गएपनि सफल हुने लक्ष्यका साथ अगाडि बढ्ने बताउनु भयाे ।  अखिल क्रान्तिका केन्द्रीय सचिव सचिव  रमेश शाहीले अखिल क्रान्तिकारी बाघ संगठनकै रूपमा रहेकाे बताउनु भयाे । सम्मेलनमा जुम्लाका ८ वटा स्थानीयतहबाट करिब पाँच सय बढि विद्यार्थीकाे सहभागिता रहेकाे अखिल क्रान्तिकारी जुम्ला ईन्चार्ज मनाेज शाहीले जनाउनु भएकाे छ ।

प्रतिकृया दिनुहोस्