OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी,भाद्र ८, २०८१जुम्ला
४१८ पटक

जुम्ला, भदौ ८ गते , 

जुम्लामा नेवारी समुदायद्धारा संचालन गरिदैँ आएको जुम्लाको एतिहासिक जात्रा भव्य रुपमा मनाईने गरिएको छ । शुकरबार जात्राको चौथौ दिन बाघ भालु मारेर सम्पन्न भएको छ । शुक्रबारकाे जात्रामा बिशेष गरि पल्टन जात्रा, मिम बास्सा, खष जात्रा, एसिया स्कुलका बिद्यार्थीद्धारा जनचेतनामुदक प्रदर्शन गरिएको सन्देश मुलक जात्रा लगायतका प्रदर्शन गरिएको थियो ।
नेवारी परम्परा र संस्कृतीको रुपमा मनाउदै आईरहेको यस बर्षकाे जात्रामा जुम्ला बजार भित्र समुदायहरु र अन्य बाह्य पर्यटकहरुको भिडभाड र चहलपहल देखिन्छ । बदलिँदो समय र मानिसहरुको मनोबिज्ञान बुझ्दा, यो जात्रालाई सभ्य र भव्य तरिका वाट संचालन गर्न केही फरक र सृजनशिल बनाउन आवश्यक देखिन्छ । परम्परागत र पुरानै शैलीबाट जात्रा संचालन गर्दा कता कता जात्राप्रति समुदायको चासो र अकर्षण घट्दै गईरहेको गुनासो पनि सुनिएको छ । जात्राकै कारण व्यवसायिक गतिबिधि बढाउन र आयआर्जन गर्न जात्रा एक राम्रो आधार हो । जात्राले परम्परा र संस्कृती मात्र झल्काउदैन, जुम्लाको आन्तरिक र बाह्य पर्यटन बिकास गर्न सकिने सम्भावना पनि बोकेको छ ।

आर्थिक,सास्कृतिक र पर्यटकीय बिकासका लागी जात्रालाई मर्यादित, सृजनशिल, शिक्षामुखी र सकारात्मक सन्देशमुखी वनाउन वा व्यवस्थापन गर्न सके जात्राद्धारा सामाजिक बिकासमा योगदान गर्न सकिन्छ । जसका कारण समग्र सामाजिक उन्नतीमा टेवा पुग्ने थियो । जात्रामा प्रदर्शन गरिएका दृष्यहरु मध्य जुम्लाको एक निजि बिद्यालय एसिया ईन्टरनेश्नल मोडेल स्कुलका वालवालिकाद्धारा देखाएको जनचेतनामुलक प्रदर्शनी समेत गरिएकाेछ । जुम्लामा बिद्यमान महिला हिंसा, बलात्कार , यौन हिंसा, लागु औषध दुर्व्यसनी, छोरीहरुलाई पढाऔँ र समाजमा बिद्यमान अपराध जस्ता गतिबिधिहरु प्रति लक्षित गरिएका दृष्यहरु रोचक थिए ।

जुम्लाको जात्रामा देखिने प्राय आईटमहरुमा पुरुषहरु मात्र श्रृङ्गारीएर सहभागि हुने गर्दछन तर एसिया स्कुलले पहिलो पटक जात्रामा छोरीहरुको माध्यमबाट समाजमा महिलाहरुले पुरुषहरु भन्दा धेरै योगदान गरेका छन र धेरै योगदान गर्न सक्छन भन्ने सन्देश दिन र यहि समाजमा महिलाहरु माथी भएको हिंसा, बलात्कार र बिभेद जस्ता जघन्य अपराधका बिरुद्ध जनचेतना गर्न साथै वर्तमान समाजमा जसरी लागुऔषध दुर्व्यसनी बालबालिकालाई पारेको असरबारे ध्यानआकर्षण गर्न यो जात्रालाई सन्देशमुलक बनाउने प्रयास गरेको कुरा प्रिन्सिपल चन्द्र वहादुर महतले वताउनु भयो ।

जात्रा समितिका सल्लाहाकार रमेश श्रेष्ठ भन्नु हुन्छ । वालवालिकालाई यसरी सामाजिक मुद्दाका सवालमा चेतना वृद्धि गर्न र समुुदायमा जनचेतना जाग्रित गर्न जात्रामा सहभागी हजारौंको भिडलाई सन्देश पुरयाउन जात्रा एक गतिलो माध्यम बनेको अनुभुती भएको छ साथै आगामी जात्राहरुलाई सन्देशमुखी बनाउन पहल गरिने वताउनु भयो ।

लामो समय देखी वजार क्षेत्रमा स्थायी घर भएको वडा नं ५ को वडा सदस्य लक्ष्मी श्रेष्ठ ले चिन्ता व्यक्त गर्नु भयो । जात्रामा प्राय जसो उश्रृङखल गतिबिधि सहित अमर्यादित वातावरण र सोचको बिकास भई रहेको छ । यस्तो प्रकारको वातावरणले हाम्रो संस्कृती परम्पराहरु आलोचित हुदै गहिरहेका छन । जुम्लाको व्यवसायीक वातावरण वा गतिबिधि वढाउन अझै राम्रो व्यवस्थापन सहित जात्रालाई मर्यादित बनाउन सके सबैलाई कुनै न कुनै लाभ हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिकृया दिनुहोस्