भाद्र ५, २०८१

११२ पटक

जुम्ला, भदौ ५ गते । तातोपानी गाउँपालिका वडा नम्बर ३ बाट हराएको मोटरसाईकल तिला गाउँपालिका ३ मा भेटिएको छ । वडाध्यक्ष गोकर्णबहादुर रावतको मोटरसाईकल गएराति हराएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार कर्णाली प्रदेश ०१–००१ ग ०३७९ नम्बरको मोटर साईकल तातोपानी ३ वडाध्यक्षको घरको आगनबाट हराएको थियो । खोजी गर्दा तिला गाउँपालिका वडा नम्बर ३ आफ्नो घर अगाडिबाट हराएको थियो । प्रहरीले खोजी गर्दा विहान ८ बजे । धनबहादुर हमालको घर अगाडि वेवारिसे अवस्थामा भेटिएको छ ।