OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र ३, २०८१जुम्ला,
५८ पटक

भदौ ३ गते । भारतमा अस्पतालमै एक डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको निन्दा गर्दै जुम्लामा चिकित्सकहरुबाट प्रदर्शन गरिएको छ ।
भारतीय समाचार संस्थाका अनुसार गत अगष्ट ९ मा पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी डाक्टर अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन् । घटना पछि परीक्षण गर्दा बलात्कार र त्यसपछि हत्या भएको खुलेपछि कोलकातासहित भारतका विभिन्न सहरहरूमा प्रदर्शन चर्किरहेको घटनामा संलग्नलाई कडा कारबाहीको माग गरिएका सन्देशहरू सामाजिक सञ्जालमा छन् ।

सोही क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सकहरुले घटनाको निन्दा गर्दै मौन प्रदर्शन गरेका छन् । आईतवार वेलुकी झिसमिसेमा प्रतिष्ठानको प्रांगणमा दर्जनौ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मैनवत्ति वालेर श्रद्धाञ्जली अर्पण गर्दै न्यायको लागि माग गरेका हुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डाक्टर मंगल रावल सहित प्रतिष्ठानका स्वास्थ्यकर्मीले मैनवत्ति वालेर न्यायको माग गरेका हुन् ।

डाक्टरमाथि सामूहिक बलात्कार भएको तर प्रहरीले एकजनालाई देखाएर अन्यलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनकारीहरूले अभियुक्त पक्राउ परिसक्दा पनि प्रदर्शन जारी राखेको भारतीय समाचार संस्थाहरूले लेखेका छन् ।

बलात्कारपछि अभियुक्तले घाँटी थिचेर डाक्टरको हत्या गरेको पोस्टमर्टम रिपोर्टमा देखिएको संचार माध्यामले जनाएका छन् । अस्पतालमै जघन्य अपराध भएपछि अगष्ट १२ मा अस्पतालका प्रिन्सिपल प्राध्यापक डा. सन्दीप गोशले पदबाट राजीनामा दिएका थिए ।

सामाजिक सञ्जाल र समाचारमा भारतमा भएको घटना हेर्दा सहन नसकिने दर्दानाक भएकाले हामीले पनि न्यायको माग गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेका छौ । डयूटिमा रहेका डाक्टरलाई यस्तो जघन्य अपराध गरेर हत्या समेत गर्ने काम राम्रो नभएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्