OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २, २०८१
६५४ पटक

जुम्ला / भदाै २ गते,

नेकपा(माओबादी केन्द्र)को भातृ संगठन अखिल(क्रान्तिकारी) यतिखेर आफ्नो २३ औँ राष्ट्रिय सम्मेलनको चटारोमा छ। गत जेष्ट ३२ गते सम्पन्न अखिल(क्रान्तिकारी)को तेस्रो केन्द्रीय समितिकाे बैठकले राष्ट्रिय सम्मेलन बाग्मती प्रदेशको औँधगिक शहर भरतपुर चितवनमा असोज २-५ गते हुने घोषणा गरेको थियो।
अखिलकाे सम्मेलन हुने भएपछि देशभर अखिल(क्रान्तिकारी)का नेता,कार्यकर्ता बिच नयाँ उर्जा र रौनक थपिएको छ देशभर ईकाई,जिल्ला र प्रदेश सम्मेलनको ब्यापक तयारीमा देखिएकाे छ।कर्णाली प्रदेशको जुम्ला जिल्लामा पनि सम्मेलनकाे छुट्टै उमङ्ग छाएको छ। जुम्ला जिल्लाको जिल्लामा अहिले भने जिल्ला भित्रका सम्पुर्ण पालिका र जुम्ला बहुमुखि क्याम्पसको ईकाई सम्मेलन सम्पन्न भैसकेको अखिल क्रान्तिकारी जुम्लाले जनाएकाे छ ।
ईन्चार्ज मनाेज शाहीका अनुसार अखिल(क्रान्तिकारी) जुम्लाको २०८१ साउन ३० गते बसेको बैँठकले जिल्ला सम्मेलन यहि भाद्र ११ र १२ गते ऐतिहासिक खस सभ्यताको जननी सिञ्जा उपत्यकाको नराकोटमा हुने निर्णय गरेको छ। “संविधान कार्यन्वयनका लागि बिधार्थी आन्दोलन ,सुदृढ संगठन निर्माणको लागि १२ औँ जिल्ला सम्मेलन” भन्ने मुख्य नाराका साथ १२ औँ जिल्ला सम्मेलनको उदघाटन समारोह सिञ्जाको नराकोटमा हुनेछ। सम्मेलनमा केन्द्रीय अध्यक्ष पञ्चा सिँह, केन्द्रीय उपाध्यक्ष अम्मरजंङ शाहि सहितका नेताहरूकाे उपस्थिति हुनेछ ।

प्रतिकृया दिनुहोस्