कोरपाटी संवाददाताभाद्र १, २०८१काठमाडौं
५८ पटक
जुम्ला, भदौ १ गते । चट्याङ लागेर तीर्थबाट आउँदै गरेका जुम्लाका एक जना तिर्थालुको मृत्यु भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराका अनुसार पातारासी गाउँपालिका–१ गढिगाऊँ निवासी हाल चन्दननाथ नगरपालिका–१ स्थित हिमालय खत्रीको घरमा बस्दैआएका धनसुर बुढाको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँले मुगुबाट आउँदै गर्दा निधन भएको खबर आएको जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार जुम्लाबाट मुगुको ऋणमोक्ष तीर्थस्लमा गएर फर्किनेक्रममा जुम्ला र मुगुको भेरी नाका पाटनमा चट्याङ लागेर शुक्रवार ३:३० बजे उहाँको निधन भएको हो ।
प्रहरीका अनुसार उहाँसँगै गएका २ जना भने सकुशल छन् । प्रहरी निरीक्षक चन्दका अनुसार निधन भएका व्यक्तिको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको छ ।