OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०८१ सुर्खेत
९४ पटक

 ३१ साउन २०८१, बिहीबार

‘कुपोषण मुक्त कर्णाली प्रदेशका लागि ईनफ अभियान’ का लागि शुभारम्भ गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गर्नुभएको हो ।

अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कुनै बेला सिंहदरबारलाई पोषिला र मूल्यवान खाद्यान्न कोशेलीका रुपमा पठाउने कर्णाली पछिल्लो समय कुपोषित बन्नु बिडम्बना ! भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “आजपनि कर्णालीको रैथाने अन्न उत्पादनको क्षेत्र हो । आजको कर्णालीमा देखिएको खाद्य र कुपोषणको जुन समस्या छ यो परिस्थिलाई बदल्न जरुरी छ ।”

कर्णालीमा कुपोषणको अन्त्यका लागि सबै सरोकारवालाहरु सँगसँगै अगाडि बढ्न आग्रह गर्नुभएका उहाँले कर्णालीमा नीजि क्षेत्र तथा गैरसरकारी संस्थालाई सरकारसँग हातेमालो गर्दै काम गर्न सुझाउनुभयो । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले स्वस्थ कर्णाली निर्माणका लागि कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताउनुभयो ।

प्राङ्गारिक उत्पादनबाट कुपोषण न्यूनीकरण गर्ने कर्णालीको योजना रहेको बताउँदै उहाँले कृषि क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको जनाउनुभयो । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बालबालिकाको वृद्धि विकास र स्वस्थ नागरिक निर्माणमा पोषणयुक्त खाना अत्यावश्यक रहेको धारणा राख्दै अभिभावक, सरकार, साझेदार सबैको सहकार्यमा कुपोषणमुक्त कर्णाली बनाउन सकिने बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा पर्याप्त पोषणयुक्त खाद्यान्न उत्पादन हुने भएकाले यसको वितरण, उपभोग र स्वस्थ आहारबारे जनचेतना फैलाउन आवश्यक छ । कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले कर्णालीलाई कुपोषणमुक्त बनाउन आगामी पञ्च वर्षीय योजनाबाट कार्यान्वयनमा जोड दिने बताउनुभयो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), किर्डाक तथा सामाजिक सेवा केन्द्र नेपाल र पाँचतारा युवा संरक्षक मञ्चको संयुक्त आयोजनामा अभियान शुभारम्भको कार्यक्रम गरिएको थियो । कार्यक्रममा वल्र्डभिजन इन्टरनेश्नल नेपालका एडभोकेसी म्यानेजर श्याम अधिकारीले नेपाल सरकारले लिएका नीति तथा योजनालाई पूरा गर्न इनफ अभियानले सघाउने धारणा राख्नुभयो ।

जुम्ला, जाजरकोट र दैलेखसहितका ४३ वडामा वल्र्डभिजनले काम गरिरहेको जानकारी दिँदै उहाँले ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ अभियानपछि इनफ अभियान सुरुआत गरिएको जनाउनुभयो । अभियान सफल गराउन तीनै तहका सरकारसँग समन्वय आवश्यक भएको बताउँदै उहाँले अभियानको अपनत्व प्रदेश र स्थानीय सरकारले लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव गोविन्द शाहीले कुपोषणमुक्त प्रदेश निर्माण गर्न सरकारी तथा गैरसरकारी निकाय ऐक्यवद्धता जरुरी रहेको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरमा पनि कुपोषणको अवस्था डरालाग्दो देखिँदै गएको भन्दै उहाँले कर्णाली प्रदेशमा शुभारम्भ भएको इनफ अभियान सफल बनाउन गैरसरकारी निकायको शतप्रतिशत साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्