OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३०, २०८१सुर्खेत
११६ पटक

 ३० साउन २०८१, बुधबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालय मातहत निर्माणाधिन अवस्थामा रहेका संरचनाको समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

निर्माण व्यवसायीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिँदै अब कुनैपनि बाहना नबनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अहिले मन्त्रालयअन्तरगत दश जिल्लाका १४ योजना सञ्चालनमा छन् । तीमध्ये पाँच वटा योजनाको म्याद सकिएकोले ती योजनाका लागि मन्त्रालयबाट अन्तिम पटक म्याद थप गर्न समन्वय गर्छौं यद्यपि तोकिएको समयमै काम सम्पन्न गर्नुपर्दछ ।”

निर्माण कम्पनीहरुले बलियो तरिकाले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेशभित्रको मात्र नभइ अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी हुनेगरी काम गर्न व्यवसायीहरुलाई सुझाउनुभयो । निर्माण व्यवसायीका कारण ढिला हुँदा सरकारलाई दोष नदिन आग्रह गर्दै उहाँले सरकारका तर्फबाट ढिलाइ हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले विकास निर्माणका कार्यमा निर्माण व्यवसायीको योगदान भरपुर रहेको जिकिर गर्नुभयो । निर्माण कार्यमा ढिलाई हुनु कार्यालय र व्यवसायी दुवैको कमजोरी रहेको जनाउनुभयो । निर्माण व्यवसायीहरुलाई राज्यका निकाय अनुरुपको व्यवहार गरिनुपर्ने महासचिव बमको भनाई थियो ।

कर्णाली प्रदेश अस्पताल निर्माण कार्य सम्पन्न आगामी २०८२ मंसिर २९ गतेभित्र गर्ने जिम्मा लिएको गौरा श्याम सुन्दर जेभीले हाल ५० प्रतिशत र सल्यान अस्पतालको भवन निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी जेभीले ६५ प्रतिशत काम सकिएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्