OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश विकसाउन २७, २०८१जुम्ला
१६० पटक

गुठिचौर गाउँपालिका ५मा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपालिका अध्यक्ष लाल वहादुर रावलका अनुसार वडा नम्बर ५ मा वडा सम्मेलन सम्पन्न गरि अध्यक्ष चयन गरिएको हो । बाँकी वडामा पनि अधिवेशन चाँडै नेतृत्व चयन हुने उहाँले बताउनुभयो ।

पालिका अध्यक्ष रावलका अनुसार नेकपा (माओवादी केन्द्र) गुठिचौर गाउँपालिका वडाको सम्मेलनबाट सर्व सहमतिमा एकराज गिरि अध्यक्षमा चयन भएका छन् । गिरिको अध्यक्षतामा २५ सदस्यीय वडा समिति चयन भएका हुन्। यस्तै उपाध्यक्षमा पंचकन्य आचार्य ,कोषाध्यक्षमा भागरति भण्डारि, सचीवमा अमरसिंह परियार,सह सचीवमा राम वहादुर भण्डारि लगायत अन्य सदस्य चयन भएको गुठिचौर गाउँपालिका अध्यक्ष लाल वहादुर रावलले जानकारी दिनुभयो ।

प्रमुख अतिथिको मन्तब्य राख्दै नेकपा माओवादि केन्द्रका जिल्ला सह इनचार्ज तथा पुर्व मन्त्रि गोमा गौतम (कुवर)ले माओवादिको कर्णाली प्रदेशमा प्रतिनिधि नहुदा जुम्लाको विकासका लागी ३ प्रतिशत वजेट आएको उल्लेख गर्नुभयो । समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता सहितको गणतान्त्रिक संविधान निर्माण नेकपा माओबादीकै कारण सम्भब भएको बताउनुभयो । पुर्व मन्त्रि गौतम (कुवर)ले गणतन्त्र स्थापनापछि मुलुकमा निकै सकारात्मक परिवर्तन भएको पनि बताउनु भएको थियो ।

उहाँले यो व्यवस्था सामान्य तरिका आएको हैन, संर्घष र बलिदानबाट आएको वताउनुभयो । युवापुस्ताहरुले निरंकुश राजतन्त्रको अन्त्यका लागि माओबादी अन्दोलनको भूमिका अध्ययन गर्नुपर्ने बेला आएको वताउनुभयो । कम्युनिष्टको नितिविधि फरक खालको भएकाले त्यो नविस्न उहाँको आग्रह छ । कार्यकर्तालाई पाटिले क्षमता अनुसारको काम दिनुपर्ने वताउनुभयो । पुर्व मन्त्रि गौतम (कुवर)ले पाटिको जुनसुकै प्रतिनिधि भएपनि वलियो वनाउनु सवैको कर्तव्य भएको वताउनु भएको छ ।

त्यस्तै, आज वनेको वडा कमिटिले पाटिलाई वलियो वनाउनेमा विश्वस्थ भएको माओवादि केन्द्रका केन्द्रिय सल्लाहकार सदस्य हरि वहादुर भण्डारिले वताउनुभयो । उहाँले चयन हुनु भएका सवैलाई सफल कार्यकालको शुभकामना दिनुभयो । माओवादि पाटि निम्नवर्ग, दलित आदिवासि जनजातिको हकहितका लागी लडेको पाटि भएको उहाँको भनाई छ । माओवादिले रगत र पसिनाको खोला वगाएर ल्याएको व्यवस्था केहि सरकारमा भएकाले खारेज गर्न लागेकाले यसमा जनताले सोच्ने बेला आएको केन्द्रिय सल्लाहकार सदस्य भण्डारिले वताउनु भयो । यो व्यवस्था खारेज भए पहिलेकै व्यवस्था आउनेमा दुईमत नभएको उहाँको तर्क थियो ।

त्यस्तै, नेकपा माओवादि केन्द्रकी वैकल्पिक केन्द्रिय सदस्य लक्ष्मिकन्य वुढाले पाटिलाई बलियो वनाउनका लागी एक्वद्धताको आवश्यकता रहेको उल्लेख गर्नुभयो । अतिथि वुढाले वडा कमिटिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदैं सफल कार्यकालका लागी शुभकामना दिनुभएको छ । दलित, महिला, आदिवासि जनजाति सर्वहाराको पाटि माओवादि भएकोले यसलाई वचाउनुपर्नेमा उहाँले टिप्पणी गर्नुभयो । केन्द्रिय सदस्य वुढालले भनुभयो, दलित महिला जनजातिको अधिकार खारेज गर्न व्यवस्था विरोदि लागेकोले वचाउन सवै लाग्नुपर्ने वताउनुभयो । यसैबीच वडा कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको छ । प्रमुख अतिथि गौतमले वडा कमिटिका सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको हो । यता वडा नं. ५ को वडा कमिटि अध्यक्षमा आफुलाई सर्वसहमत चयन गरेकोमा अध्यक्ष गिरिले सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको छ ।

अध्यक्ष गिरिले पार्टीको मुल मर्मलाई आत्मासाथ गर्दै थप उत्साह र जोसका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले आम नागरिकको साथी भएको भन्दै पार्टीलाई अझ मजबुत गराउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने उहाँको भनाई छ । कार्यक्रमको संचालन रामहरि धितालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्