OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २७, २०८१जुम्ला
१३० पटक

२०८१ साउन २६ गते
सत्यवादि माध्यमिक विद्यालय दशौदिले ५६ औं वार्षिकउत्सव भव्यता साथ मनाएको छ । गुठिचौर गाँउलिका
वडा नम्वर ४ वालुमा रहेको सत्यवालि माध्यमिक विद्यालय दशौदिको ५६ औं वार्षिक उत्सव सम्पन्न भएको छ। कार्यक्रम वोल्दै, गुठिचौर गाँउपालिका वडा १ का वडा अध्यक्ष तथा कार्यबाहक अध्यक्ष अर्जुन कुमार महताराले पालिकामा शिक्षाको विकासका गर्नका लागी विद्यालय मर्च आवश्यकता देखिएको वताउनुभयो । उहाँले पालिका भित्रका विद्यालयको पढाईमा गुणस्तरिय नदेखिएको वताउदै, त्रिभवन मावि र खडगदेवि मावि भए शिक्षामा सुधार ल्याउन सकिने वताउनु भएको छ ।

उहाँले भनुभयो, सवैभन्दा ठुलो शिक्षाको पाठशाला घर भएकाले असल शिक्षा अभिभावकले दिनुपर्ने वताउनु भएको थियोे । उहाँले कुराले चिउरा भिज्ने होईन, दहि चाहिने भनुहुदै अवको विकासका लागी काम आवश्यता रहेको कुरा संकेत गर्नुभयो । उहाँले दशौदि विद्यालयका लागी वडा १ को रकमबाट २० हजार दिने घोषणा गर्नुभयो । उहाँले दलित र जनजातिले शिक्षाको विकासका लागी पहिलो पाठशाला घरबाट सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

गुठिचौर ४ का वाड अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकादत्त न्यौपानेले आर्थिक वर्ष २०८०÷०८१ मा गरिव बालबालिकाका लागी ६लाख बराबरको पोशाक दिने घोषणा गर्नुभयो । अघिल्लो आर्थिक वर्षमा ३० लाख रुपिँयाको विद्यालयको फिल्ड निमार्ण गरिएको वताउनु भएको छ । १ देखि ५ कक्षा सम्मा अङंग्रेजि माध्यमाबाट पढाई संचालन गर्ने वताउनुभयो । वडाका किशोर किशोरि वजारमा ट्युशन पढ्न जाने कुलतमा फस्ने भएकाले गाँउमा पढ्ने वातावरण गर्ने र ट्युशन खर्च वापतको रकम व्यवस्थपन गर्ने आश्वाशन दिनु भएको छ । विद्यालयमा पढदा आफ्नो पालामा मन्दिर वसेर पढेको स्मरण गराउनुभयो ।

उहाँले पहिले भन्दा शैक्षिक विकासमा परिवर्तन आएको वताउनु भएको थियो । विद्यालयको शिक्षा गुणस्तरिय वनाउनका लागी विद्यालय व्यवस्थपान समितिको अध्यक्ष भएको गुठिचौर गाँउपालिका वडा ४ का अध्यक्ष न्यौपानेले वताउनु भएको छ । विद्यालयमा शिक्षक विद्यार्थिले मोवाईल चलाउन नपाईने र चलाएमा कार्वाहि गरिने उहाँले वताउनु भएको छ । विद्यालयलाई आमाको कोख सम्झेर बालबालिका विद्यालय पठाउन उहाँको आग्रह छ । विद्यालयको वार्षिक उत्सवको खर्चका लागी १ लाखदिने घोषण गर्नुभयो ।

समुदायिक विद्यालयमा गरिब बालबालिका पढने भएकोले शिक्षक उज्यालो ज्योति वनुपर्ने गुठिचौर गाँउपालिका निर्वतमान अध्यक्ष हरि वहादुर भण्डारिले वताउनुभयो । विद्यार्थिको स्वाभाव परिवर्तन गर्नमा शिक्षको पनि ठुलो भुमिका रहने उहाँको भनाई छ । उहाँले अहिलेको युगमा विद्यालयलाई डिजिटमय वनाउन आवश्यकता रहेकोमा जोड दिनुभयो ।

दशौदि विद्यालयले खरिदार देखि उपसचिवसम्मा जन्माएको गुठिचौर गाँउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत शिबराज देवकोटाले वताउनुभयो । पालिकामा पाँचवटा मावि भएपनि एउटा मात्र दरवन्दि शिक्षक रहेको वताउनु भएको छ । यस विद्यालयमा दरवन्दि रिक्त रहेको र यो पुतिका लागी भदौ महिनाभित्र शिक्षक आउने वताउनुभयो । बालबालिको शिक्षामा विकास गर्नका लागी अभिभावक जिम्मेवार रहेकोमा जोड दिनुभयो ।

त्यस्तै, गुठिचौर ५ का वडा अध्यक्ष कमल वहादुर महतले पढ्ने,लेख्ने बातावरण मात्रै नभएर शुसासन समाज निमार्ण गर्ने विद्यार्थि उत्पादन गर्नुपर्ने वताउनु भएको छ । विद्यार्थि अनुशासित हुनुमा अभिभाव शिक्षकको उत्तिकै भुमिका रहेको उहाँले वताउनुभयो । विद्यालय एउटा मन्दिर भएकाले यसको विकासका लागी अभिभावक सवै लाग्नुपर्ने उहाँले वताउनुभयो । वार्षिकत्सव तथा अभिभाव दिवसमा प्रधानाध्यापक गोविन्द वहादुर पछाईले विद्यालय आय व्यय र प्रगति विवरण प्रस्तुत गर्नु भएको छ ।

आर्थिक वर्ष २०८०।०८१ मा १ करोड २१ लाख ६२ हजार २सय ६१ रुपैयाँ आय भएकोमा १ करोड ६८ हजार ३९ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । बाँकि ८ लाख ५९ हजार २ सय ६३ रुपैयाँ सनराईज बैँक, राष्टिय वाणिज्य वैंकमा बाकि १लाख ९६ हजार १सय ८८ रुपिँया र ईन्भेष्टमेन्ट बैंकमा वाकि ४ हजार ६सय ५८ रुपिँया राष्टिय वाणिज्य बैंकमा मुद्यति २ लाख र स्मृतिकोषमा १लाख ५१ ह्जार ५सय ६२ रुपिँया रहेको उहाँले बताउनुभयो ।

यस्तै, कक्षा १ देखि ८ सम्मको छात्रवृत्तिमा १ लाख ४३ हजार ५सय, दलित छात्रवृत्तिमा १८ हजार, दिवा खाजामा ६ लाख ५० हजार र पाठ्यपुस्तकमा २ लाख १३ हजार ८ सय १६ रुपैयाँ खर्च भएको प्रधानाध्यापक पछाईले बताउनुभयो । सामुदायिक विद्यालय प्रति अभिभावहरुमा रहेको अविश्वास कम गर्नका लागि अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्ने उहाँको भनाइ छ ।

वार्षिकत्सव तथा अभिभाव दिवसका अवसरमा धेरै व्यक्ताले शुभकामना दिएका छन् । विद्यालयले संचालन गर्ने वार्षिक परिक्षामा कक्षा प्रथम, दिद्धिय र तृतिय हुनेलाई पुरस्कृत गरिएको छ । साथै वार्षिकत्सव तथा अभिभावक दिवसका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।

प्रतिकृया दिनुहोस्