OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०८१जुम्ला,
२४२ पटक

साउन २५ गते । जुम्लामा अज्ञात व्यक्तिले खेतमा राखिएको प्रेसर कुकर डिस्पोज गरिएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर २ स्थित कालेखोलीमा मार्सीधानको खेतमा भेटिएको संकास्पत कुकर नेपाली सेनाले डिस्पोज गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छदिलाल कामतीका अनुसार धानको खेतमा संकास्पत कुकर राखिएको छ भन्ने खबर आएपछि नेपाली सेनालाई जानकारी गराएर डिस्पोज गरिएको छ । नेपाली सेनाको नं २४ बाहिनी र देविदत्त गण जुम्लाबाट संकास्पत कुकर नेपाली सेनाको बम डिस्पोजल टिमले निस्कृय गरेको प्रहरीले जनाएको छ ।

कुकर वाहिर रातो टेप टासेर स्थानीय राजबहादुर भण्डारीको धानको खेतमा एक जना व्यक्ति पानि हाल्न जाने क्रममा विहीवार वेलुकी कुकर देखिएको खबर आएको थियो । सो क्रममा विहीवार रातभर नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिएर शुक्रवार विहान कुकर डिस्पोज गरिएको र खाली कुकर रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्