OnlinePana

आज : २०८१ पौष १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०८१ सुर्खेत
५५ पटक

 २५ साउन २०८१, शुक्रबार

कर्णाली प्रदेशमा आज सार्वजनिक विदा दिईएको छ । प्रदेश सरकारले नागपञ्चमीको अवसरमा सार्वजनिक विदा दिएको हो ।

कर्णाली प्रदेश सरकारको विसं.२०८१ बैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी)को अवसरमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार आज कर्णाली प्रदेशभरका सरकारी तथा सार्वजनिक संघ, संस्थाहरुमा विदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले राष्ट्रिय विदा बाहेक यो प्रदेशमा चैत १२ गते धान दिवस, साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला, चैते दशैं र राम नवमीको अवसरको विदा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्