OnlinePana

आज : २०८१ फागुन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २३, २०८१ सुर्खेत
१४९ पटक

२३  साउन २०८१, बुधबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् ।

आज दिउसो लेकवेशी नगरपालिका ३ सुर्खेत काप्रीखोला नजिक भदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिदा अटो चालकको मृत्यु भएको हो । लेकवेशी नगरपालिका ४ दशरथपुरबाट लेखफर्सातर्फ जाँदै गरेको मधेश प्रदेश ०३००१ क २४९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आईरहेको भे.१.ह ६६७५ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट अटो चालक ४८ वर्षीया डिलबहादुर डडालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बीरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलबाट ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

आजै वीरेन्द्रनगर नगरपालिका ८ इत्राम खोलामा विद्यार्थी बोकेर हिँडेको डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनामा हुँदा ११ जना विद्यार्थी घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर रहेको प्रवक्ता विश्वकर्माले बताउनुभयो । साँझ ४ः०० स्कुल बिदा भएर बस घर फर्किँदै थियो । घाइतेहरुको स्थानीय देउतीमा उपचार भइरहेको छ । बसमा ३२ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्